९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा रहनु भएका गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा समस्या



अ+ अ-

काठमाडौं ।जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ ।

बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उहाँको छातीमा स्टेन्ट राखिएको छ ।

अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ । श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा जानुभएको थियो ।रासस