२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

छिमेकी राष्ट्रसँग गरिने सन्धी, सम्झौतामा झन् सावधानी अपनाउनुपर्छ – सांसद बानियाँ

छिमेकी राष्ट्रसँग गरिने सन्धी, सम्झौतामा झन् सावधानी अपनाउनुपर्छ – सांसद बानियाँ
अ अ+ अ-

काठमाडौं । संसदीय समितिमा एमसीसी बारे सांसदहरुले चासो राखेका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीति बारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरुले एमसीसी बारे सांसदहरुलाई स्पष्ट पार्न माग गरेका छन् । 

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र नेकपा (एमाले) का सांसद मोहन बानियाँले नेपाल सरकारले गर्ने सहमती, सम्झौता बारे स्पष्ट जानकारी दिन माग गरेका हुन् । विगतमा गरिएका सन्धी, सम्झौताले नेपाललाई दुरगामी असर गर्ने भएकाले सचेत रहन सुझाव दिएका छन् । नेकपा(एमाले)का सांसद बानियाँले छिमेकी राष्ट्रसँग गरिने सन्धी, सम्झौतामा झन् सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

यस्तै बैठकमा सहभागी हुनु भएका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले एमसिसी बारे स्पष्ट जवाफ नदिएपनि सन्धी, सम्झौता गर्दा नेपालको सर्वोपरी हितलाई ध्यान दिएको बताउनुभयो । समितिले नेपालको परराष्ट्र नीति बारे सबै पक्षसँग श्रृङ्खलावद्ध छलफल गर्ने भएको छ ।