२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

ओडाउटको कीर्तिमानी शतकमा नेदरल्यान्ड्सले मलेसियालाई हरायो

ओडाउटको कीर्तिमानी शतकमा नेदरल्यान्ड्सले मलेसियालाई हरायो
अ अ+ अ-

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० सिरिज क्रिकेटमा म्याक्स ओडाउटको कीर्तिमानी शतकको प्रेरणामा नेदरल्यान्ड्सले आज मलेसियालाई १५ रनले पराजित गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा विस्फोटक ब्याटिङ गरेका ओडाउटले नेदरल्यान्ड्सका लागि पहिलो शतक बनाउँदै दिएको १९२ रनको लक्ष्य रनको योगफल पछ्याउने क्रममा मलेशियाले ८ विकेट गुमाएर १ सय ७६ बनाउन सक्यो  । 

कीर्तिमान बनाएका ओडाउटले कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि एकै खेलमा सर्वाधिक रन बनाएका हुन् । यस सँगै नेदरल्यान्ड्सका लागि ट्वान्टी–२० क्रिकेटमा पहिलो शतक पनि भएको छ ।
 
उनले नट आउट १३३ बनाउँदा ६ छक्का र १५ चौका प्रहारगरेका थिए । यसअघि कप्तान सेलारले स्कटल्यान्डविरुद्धको खेलमा ९६ रनको कीर्तिमान बनाएका थिए । ओडाउटलाई साथ दिएका विकेट किपर ब्याट्सम्यान स्कट एड्वाड्र्सले ३१ तथा बेन कुपरले अविजित २० रन बनाए । मलेसियाका लागि पवनदीप सिंह र अनवार रहमानले १/१ विकेट लिए ।

१ सय ९२ रनको  जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि बिरन्दीप सिंहले ५३ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रन बनाएका थिए । 

त्यस्तै, सार्बिन मुनियान्दीले २८ तथा अमिनुद्धिन राम्लेले २६ रन बाहेक अन्य ब्याट्सम्यान राम्रो स्कोर छुन सकेनन् । नेदरल्यान्ड्सका लागि आर्यन डट, बास डी लिट र सेबास्टियन ब्राटले २/२ विकेट लिए । 

शृखंलामा दोस्रो खेल खेल्दा पहिलो जित निकालेको नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । प्रतियोगितामा भोली नेपाल र मलेशियाबीच प्रतिस्पर्धा हुनेछ ।