२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हामी मिलेर जान तयार छौँ, विश्वासको मत दिनुस्’



मुख्यमन्त्री केदार कार्की
अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सबै दल एक भएर अघि बढ्न प्रस्ताव गरेका छन् ।

बुधबार कोशी प्रदेशसभामा विश्वासको मत माग्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

मुख्यमन्त्री कार्कीले भने–‘एकजुट भएर लागौँ, सबै एकजुट बनौँ,’ उनले भने, ‘अन्तिम विकल्प धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएको छ, यसमा सहयोग गर्ने सबैलाई धन्यवाद। प्रदेश प्रमुखप्रति आभार।’

साथै, उनले राजनीतिक परिस्थितिले प्रदेशको समग्र विकास गर्नुपर्ने बताउँदै प्रदेशको पूर्ण रुपमा कार्यान्वयन गर्न सबै मिलेर, संघीयताको प्रत्याभूति गर्नुपर्ने उल्लेख गरे ।

कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।