२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका १५ खेल सकिँदा रिजवान सर्वाधिक रन स्कोरर, बुमराहको नाममा धेरै विकेट



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ का १५ खेल सम्पन्न भइसकेका छन् । मंगलबार दक्षिण अफ्रिकालाई पराजित गर्दै नेदरल्यान्ड्सले सबैलाई चकित पार्यो । योसँगै नेदरल्याण्ड्स अंक तालिकाको ९ औं स्थानमा रहेको छ भने श्रीलंका १० औं स्थानमा छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा कायम छ । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

पाकिस्तानका मोहम्मद रिजवान प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले यस विश्वकपमा ३ खेलमा सर्वाधिक २४८ रन बनाएका छन् । भारतीय फास्ट बलर जसप्रित बुमराह सर्वाधिक विकेट लिने बलर हुन्, उनको नाममा ३ खेलमा ८ विकेट छ ।

श्रीलंकाका कुसल मेन्डिस सिक्सर किङ हुन्, उनले ३ खेलमा १४ छक्का प्रहार गरेका छन् । नेदरल्यान्ड्सविरुद्धको खेलपछि दक्षिण अफ्रिकाका ब्याट्सम्यान क्विन्टन डी कक र कागिसो रबाडा शीर्ष स्थानको दौडमा फर्किएका छन् ।

अंकतालिकाः