गोरखा । यसपटकको लिगलिगे दौड नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् ।
राईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड ५६ मिनेट ३६ सेकेन्डमा पार गरे ।
दौडिएर राजा हुने इतिहासलाई निरन्तरता दिँदै बुधबार ११ औं संस्करणको लिगलिगे दौड भएको थियो ।
सेनाका राई पहिलो भएर एक लाख रुपैयाँ पुरस्कार जितेका छन् । यस्तै, सेनाकै नरेन्द्रसिं रावत दोस्रो भएका छन्। उनले ५६ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेका थिए । उनले ५० हजार रुपैयाँ पुरस्कार जिते ।
अनिश थापा ५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए । उनले २५ हजार रुपैयाँ पुरस्कार जिते ।