२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

आइपिएल : कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर विजयी

आइपिएल : कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर विजयी
अ अ+ अ-

इन्डियन्स प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार भएको पहिलो खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले कोलकोता नाइट राइडर्स (केकेआर) लाई ३८ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा २०४ रनको विशाल स्कोर खडा गरेको थियो । आरसिबीका लागि ग्लेन म्याक्सवेलले ७८ (९ चौका, ३ छक्का), डि भिलियर्स ७६ (९ चौका, ३ छक्का) र देवदत्त पाडिकले २५ रन बनाएका थिए । कप्तान कोहली भने ५ रनमै पेभेलियन फर्केका थिए ।  

जवाफमा २०५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको केकेआर शुरुदेखि नै दबाबमा परेको थियो । कोलकाताले १३ ओभरमा ११४ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो । लगभग हारतर्फ उन्मुख कोलकाताका लागि आन्द्रे रसेल र सकिब अल हसनले केही आशा जगाएका थिए ।

सकिब र आन्द्रे रसेलसामु अन्तिम ४ ओभरभित्र झण्डै ८० रन बनाउनुपर्ने कठिन चुनौती थियो । पावर हिटर रसेलले युजबेन्द्र चहलको एकै ओभरमा एक छक्का र चार चौका हिर्काएका कारण निर्णय उलटफेर गर्लान् भन्ने अनुमान गरिएको थियो ।

तर लगत्तै अर्को ओभरमा सकिब आउट भए । क्रिजमा आएका प्याट कमिन्सले एक छक्का हाने पनि उनी अर्को बलमा आउट भए । त्यसपछि रसेल पनि तिब्र दबाबमा परेका थिए । उनी १९औं ओभरमा खेल्न नसकी लगातार पाँच बल डट भएको थियो ।

जित समाप्त भएकै अवस्थामा उनी पनि २०औं ओभरमा आउट भएपछि केकेआरको जित समाप्त भएको थियो ।

यो जितसँगै आरसिबीको ३ खेलबाट ६ अंक भएको छ । अंक तालिकामा लगातार तीन खेल जितेको आरसिबी हाल पहिलो स्थानमा छ ।

आजै दोस्रो खेल दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबीच हुँदैछ ।

 

नोटः यसअघि यो समाचारमा भुलबस कोहलीको कप्तानीमा रहेको टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) हुनुपर्नेमा राजस्थान रोयल्स भएकाले क्षमासहित सच्याएको छ । सम्पादक