२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश समाजको अध्यक्षमा मल्ल



अ+ अ-

काठमाडौँ । न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । मंगलबार सम्पन्न साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । समाजको नयाँ कार्यसमितिलाई प्रबन्ध समिति भनिन्छ ।

उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ, महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल, कोषाध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेती रहेका छन् ।

सदस्यमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्का रहेका छन् । समाजको कार्यसमिति सदस्यको पदावधि दुई वर्षको हुनेछ ।