२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया

आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया
अ अ+ अ-

टीकापुर । टीकापुरमा आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया गरिएको छ । बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित बिरामीको उपचार स्थानीयस्तरमै गर्नका लागि टीकापुर अस्पतालमा भएको चार दिने निःशुल्क शिविरमा १७१ को शल्यक्रिया भएको हो ।

शिविरमा आगोले पोलिएर प्राथमिक उपचार नपाएकै कारण विभिन्न समस्या भएका ७०७ ले उपचार सेवा लिएका छन् । जटिल समस्या भएका १७७ लाई थप उपचारका लागि काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पताल रेफर गरिएको छ । शिविरमा पहिचान भएका यी बिरामीको शल्यक्रिया निःशुल्क गरिने सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लाष्टिक सर्जन डा सन्तोष भण्डारीले जानकारी दिनुभयो । कैलालीको टीकापुरमा पहिलोपटक सर्जनसम्बन्धी समस्या भएका बिरामीको उपचारका लागि शिविर आयोजना भएको हो । 

“बिरामी धेरै आए । हामीले बिहान ८ बजेदेखि राति अबेरसम्म सेवा दियौँ, आगलागी भएर प्राथमिक उपचारसम्म नपाएर नसा खुम्चिएका, घाउ भएकाजस्ता समस्या भएका बिरामी शिविरमा आए”, डा भण्डारीले भन्नु्भयो, “टीकापुर अस्पतालमा सम्भव भएका बिरामीको शल्यक्रिया यहीँ ग¥यौँ, केही दिन निगरानीमा बस्नुपर्ने, लामो उपचार लिनुपर्नेलाई सुष्मा कोइराला अस्पतालमा आउन भनेका छौँ ।” टीकापुर नगरपालिका र जानकी गाउँपालिका, टीकापुर अस्पतालको आयोजना र टीकापुर सरोकार समूहको साझेदारीमा शिविर आयोजना भएको हो । शिविरमा काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पतालका विशेषज्ञसहित १६ जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको हो । 

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल आगोले पोलिएका दूरदराजका मानिसलाई सेवा दिने उद्देश्यले शिविर सञ्चालन भएको बताउनुभयो । नगर प्रमुख रावलले आउँदा दिनमा आगोले पोलिएर उपचार गर्न समस्या भएका नागरिकलाई निःशुल्क उपचारका लागि उपचार सहयोग गर्नेजस्ता कार्य शुरु गर्ने आश्वासन दिनुभयो । “हामीले अब आगोले पोलिएका मानिसको उपचारमा स्थानीय तहले आर्थिक सहायता दिने कार्यक्रम ल्याउने भएका छौँ”, उहाँले भन्नुभयो, “पहिलोपटक शिविर आयोजना भएकाले बिरामी धेरै आए । अब यस्तो शिविर वर्षमा दुई पटकसम्म गर्नुपर्छ भन्ने बुझेका छौँ ।”

टीकापुरमा स्वास्थ्य शिविर ल्याउन पहल गर्ने सुष्मा कोइराला मेमोरियल अस्पतालका सल्लाहकार डा खगेन्द्र भण्डारीले विश्वमा पोलिएकै कारण १८ लाख मानिसको मृत्यु हुने गरेको र नेपालमा प्रत्येक वर्ष ५५ हजार ९०२ मानिसमा बर्न इन्ज्युरीको समस्या रहेको बताउनुभयो । नेपालमा दुई हजार १०० मानिसको पोलिएर ज्यान जाने गरेको तथ्याङ्क छ । यो उपचार खर्चिलो भएकाले आफूहरु उपचारमा सहयोग होस् भनी टीकापुर आएको उहाँले बताउनुभयो ।

शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, आगोले पोलेर कपाल गुमाएका, आगोले पोलेर वा जन्मजात हातका औँला टाँसिएका, हात वा खुट्टामा जन्मजात पाँचभन्दा बढी औँला टाँसिएका, जन्मजात ओठ र तालु फाटेका, माशंपेशी खुम्चिएर शरीरको कुनै भाग चलाउन नमिल्ने, विष्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएका बिरामीको उपचार भएको छ । 

शिविरमा खुट्टाको पैताला भित्रतिर फर्किएको, हात वा खुट्टा काट्टिएको ठाउँमा पाकेर, नचलेर वा अन्य कुनै कारणले पुनः शल्यक्रिया गर्नुपरेमा, कान तथा चिरिएको उपचार, शरीरमा मासु, कोठी, दाग तथा गाँठाको शल्यक्रिया तथा क्यान्सरसम्बन्धी शल्यक्रिया, बिरामीमा खाँटे घाउ भएका बिरामीले समेत उपचार सेवा लिएका छन् ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपकबहादुर रावलले अस्पतालले यस्ता खाले समस्या भएका बिरामीको उपचारका लागि केयर युनिट सञ्चालन गर्ने सोच बनाएको बताउनुभयो । “हामी स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर आगोले पोलिएका मानिसको तत्काल उपचारका लागि केयर युनिट सञ्चालन गर्ने योजनामा छौँ”, अध्यक्ष रावलले भन्नुभयो, “शिविरमा सुदूरपश्चिमका पहाडी जिल्लाका मानिससमेत आए । यसले स्थानीय तहलाई कस्ता खाले उपचार सेवा दिन आवश्यक छ भन्ने सुझावसमेत दिएको छ ।”