२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको मिसन—२०८४ एकल बहुमतको सरकारः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताउनु भयो । उहाँले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताउनु भयो । उहाँले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताउनु भयो । उहाँले आफूलाई अध्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको बताउनु भयो । उहाँले काँग्रेसको कुनै नीति र विधि नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढीरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार । एकल बहुमतको सरकार कम्ति भनेको हामीले, यो नहुने भन्ने कुरै छैन । संविधानले जनतालाई भोट नखसाल भन्छ ? थोरै मात्रै खसाल भन्छ ? एउटा पार्टीलाई थोरै खसाल वा सबै पार्टीलाई बराबर बाँड भन्छ र ? हामी जनताका बीचमा जानुपर्छ, सम्झाउनुपर्छ र हामीले जनताबाट मत प्राप्त गर्नुपर्छ । बहुमत किन आउँदैन ?

हरेक वडामा ५१ प्रतिशत, हरेक टोलमा हाम्रो संगठन, हरेक घरमा सदस्य, त्यो काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीले आफू र आफू निकट अवयवलाई सक्रियतापूर्वक सञ्चालन गर्नुपर्छ । योजनावद्ध तरिकाले आजको समस्या अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेका छन् । गिर्खे कुरा गरेर जनता अल्मल्याउनेहरु छन् । पार्टी पुरानो बुढो नहुने होइन, विचार र सिद्धान्तको अभावमा पार्टी बुढो भएको छ । आफूलाई अध्यावधिक गर्न सकेन भने बुढो हुन्छ । हामी नेपाली काँग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बुढो हुन्छ भन्दा नेपाली काँग्रेस जसरी । त्यो देखिएको छ ।

नेपाली काँग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ नीति छैन । महाधिवेशन भनेको के हो भने मान्छे जम्मा हुने । नीति, विधिको कुरा उहाँहरुले नीति विधि कहिले बनाउनु भयो । मान्छे छान्नु मात्रै लोकतन्त्र होइन । विधि बिनाको मान्छे छनाइ के छनाइ ? त्यो त कुनै कुनै नयाँ पार्टीले को को उम्मेदवार हुन्छ ल भन त भनेको जस्तो ।’

अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताउनु भयो ।