• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

‘भारतले पाकिस्तानलाई बच्चालाई जसरी चुट्यो’



एजेन्सी । आईसीसी विश्वकप २०२३ मा टिम इन्डियाले पाकिस्तानलाई एकतर्फी रुपमा ७ विकेटले हराएको थियो । विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा रोहितको टिमको अगाडि बाबर आजमको टोली पराजित भएको थियो ।

बाबर–रिजवान बाहेक टोलीका ब्याट्सम्यानले केही अचम्मको देखाउन सकेनन् न त बलरको बलिङमा कुनै धार देखियो । यसैबीच पाकिस्तानको लज्जास्पद हारमा पाकिस्तानी पूर्व क्रिकेटर शोएब अख्तरको ठूलो बयान आएको छ । शोएब भन्छन्, ‘भारतीय टोलीले पाकिस्तानलाई बच्चालाई जसरी चुट्यो ।’

यसो भन्छन् शोएबः

आफ्नो युट्युब च्यानलमा पाकिस्तानको हारको बारेमा बोल्दै शोएब अख्तरले भने, ‘मलाई विश्वास लाग्न थालेको छ कि भारत २०११ को विश्वकपको प्रदर्शन दोहोर्याउन सफल हुनेछ । सेमिफाइनलमा कुनै गल्ती नगर्ने हो भने मात्रै टिम इन्डिया यो म्याच जित्छ । विश्वकप जित्न सक्छ । राम्रो गर्‍यो टीम इन्डिया । हामीलाई (पाकिस्तान) पूर्ण रूपमा नष्ट गरियो । धेरै निराशाजनक प्रदर्शन ।’

शोएबले रोहित शर्माको तारिफ गरेका छन् । उनले भने, ‘रोहित शर्मा एक्लैले सबैभन्दा ठूलो हिट लगाए । मलाई थाहा छैन रोहित पछिल्ला केही वर्षहरूमा कहाँ थिए । उनी एक ठूला खेलाडी हुन् र विभिन्न किसिमका शटहरू खेल्न सक्छन् । भारतले पाकिस्तानलाई बच्चालाई जस्तै हरायो । हेर्न चाहन्न । देख्न सकिन । रोहित शर्माले निर्दयी ढंगले चुटे ।’