२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

मेइहोकु कम्पनीद्वारा पोखरा महानगरपालिकालाई ३५ हजार थान मास्क हस्तान्तरण

मेइहोकु कम्पनीद्वारा पोखरा महानगरपालिकालाई ३५ हजार थान मास्क हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण तथा रोकथामका लागि ३५ हजार थान मास्क प्रदान गरेको छ । 

पोखरा महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमबीच कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जी.सी.लाई उक्त मास्क हस्तान्तरण गर्नुभएको हो । 

नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङ्ग प्रा.लि. को अगुवाईमा जापानको कितानागोया शहर अवस्थित मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई करिब १७ लाख रुपैया बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले बताउनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्र्रान्त भइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरिएको उहाँले बताउनुभयो ।

मास्कले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुग्ने बताउँदै, नगर प्रमुख जी.सी.ले नेपाल–जापानबीच सुमधुर सम्बन्ध रहेको र जापानको यस्तो सहयोगले नेपाल र नेपालीको मन जितेको बताउनुभयो । 

हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ्गलगायत महानगरपालिकाका कर्मचारी तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।