• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

इंग्ल्याण्डका स्टार अलराउन्डरको लाजमर्दो हर्कत, आफ्नो सबै रिस क्यामेरामा पोखे



एजेन्सी । इंग्ल्याण्डका स्टार अलराउन्डर साम करन गलत कारणले चर्चामा छन् । करनको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी क्यामेराम्यानसँग दुर्व्यवहार गरेको देखिएका छन् ।

यो घटना दिल्लीको अरुण जेटली स्टेडियममा इङ्ल्यान्ड र अफगानिस्तानबीच भएको खेलमा भएको हो । इनिङ्सको ९ औं ओभर साम करन बलिङ गर्दै थिए । यस ओभरमा उनले दुई चौका र एक छक्का सहित कुल २० रन खर्चिए ।

ओभर सकिएपछि साम करान बाउन्ड्री लाइनमा फिल्डिङ गरिरहेका थिए । प्रसारणकर्ताको क्यामेराम्यानले त्यसपछि इंग्लिस अलराउन्डरमा ध्यान केन्द्रित गरे । साम करनले क्रोधित हुँदै क्यामेरा समातेर अर्को दिशामा घुमाए । करनले क्यामेराम्यानलाई फिल्डको नजिक नआउन संकेत समेत गरे ।

साम करनको यो कार्यको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । इङ्ल्यान्डका अलराउन्डरको यो व्यवहारको निकै आलोचना भएको हो । अफगानिस्तानविरुद्ध पनि करनको प्रदर्शन खराब रह्यो । बायाँ हाते फास्ट बलरले ४ ओभरमा ४६ रन खर्चेर कुनै सफलता हासिल गर्न सकेनन् ।

साम करन मात्रै होइन, अफगानिस्तानविरुद्धको खेल सम्पूर्ण इङ्लिस टोलीका लागि निकै निराशाजनक रह्यो । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड टोली अफगानिस्तानसँग ६९ रनले पराजित हुन पुग्यो ।