२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

प्रधानमन्त्री ओलीद्वारा पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन (भिडियो सहित)

प्रधानमन्त्री ओलीद्वारा पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । २०७२ को भूकम्प पछि क्षतिग्रस्त बनेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । 

उक्त भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले निर्माण गरेको हो । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यामिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो । विद्यालयले एक शताब्दीलाई अर्को शताब्दीसँग जोडेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘यो भवन नेपालको इतिहाससँग जोडिएको छ ।

विभिन्न प्रणालीहरुसँग जोडिएको छ । एउटा युग र अर्को युग, एउटा शताब्दी र अर्को शताब्दीसँग जोडिएको छ । यसले पुलको काम गरेको छ शताब्दीहरुकोबीचमा । शासनहरुकोबीचमा । प्रणालीहरुकोबीचमा पुलको काम गरेको छ ।’

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपालका ८० प्रतिशत बालबालिकाहरु सामुदायिक विद्यालयमा पढ्ने गरेको भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको बताउनुभयो । उहाँले पाटन माध्यामिक विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । मेयर महर्जनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महानगरपालिकाले आवश्यक सहयोग गर्ने समेत बताउनुभयो ।