१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

रुसले पूर्णमात्रामा आक्रमणको तयारी गरिरहेको अमेरिकी भनाइ

रुसले पूर्णमात्रामा आक्रमणको तयारी गरिरहेको अमेरिकी भनाइ
अ अ+ अ-

वासिङ्टन । रुसले युक्रेनमा पूर्ण आक्रमणको तयारीलाई तीव्र पारेको तर मस्कोले यस्तो कदम चाल्ने निर्णय गरेको छ कि छैन भन्ने स्पष्ट नभएको अमेरिकी अधिकारीहरूले गुप्तचर मूल्याङ्कनलाई उद्धृत गर्दै बताएका छन्।

रुसले आफ्नो पश्चिमी छिमेकीसँगको सीमामा एक लाख १० हजार सेना भेला गरेको छ । यद्यपि अमेरिकी गुप्तचर अधिकारीहरुले हालैका दिनमा कांग्रेस र युरोपेली सहयोगीका सदस्यहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनले वास्तवमा आक्रमण गर्ने निर्णय गरेका छन् कि छैनन् भनेर निर्धारण गर्न नसकिएको बताएका छन् । 

अधिकारीहरूले सांसदहरूलाई सीमामा फेब्रुअरीको मध्यसम्ममा जम्मा गरिएको करिब एक लाख ५० हजार सेनाले पुटिनलाई पूर्णस्तरीय आक्रमणका लागि आवश्यक पर्ने बल दिने चेतावनी दिएका छन् । 

उनीहरूका अनुसार युक्रेनको रुस समर्थक डोनबास क्षेत्रमा सीमित अभियानदेखि पूर्णव्यापी आक्रमणसम्म पुटिनले आफ्नो अधिकारमा सबै सम्भावित विकल्पहरू चाहन्छन्।

रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको कुरा अस्वीकार गर्दै आएको छ ।

यदि मस्कोले पूर्ण मात्रामा आक्रमण गर्ने विकल्प रोज्यो भने रुसी सेनाले राजधानी कीभमा कब्जा गर्न सक्ने र ४८ घण्टाभित्र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई हटाउन सक्ने अधिकारीहरुले बताए । 

तिनीहरूले अनुमान गरे कि यस्तो आक्रमणमा पाँच हजारदेखि २५ हजार युक्रेनी सैनिक तथा तीन हजारदेखि १० हजार रुसी सैनिकसहित २५ हजारदेखि ५० हजार नागरिक मारिनसक्ने अधिकारीहरुको अनुमान छ । 

यस्तो स्थितिमा यसले मुख्यतया पोल्याण्डमा १० लाखदेखि ५० लाख मानिस शरणार्थी बन्न सक्छन् । 

विशेष सेना

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो सदस्यहरूको सुरक्षा गर्न अमेरिकी सेनाहरू पोल्याण्डमा पठाउने निर्णय गरेका छन् ।  कूटनीतिज्ञहरूले रुसलाई युक्रेनको सीमाबाट आफ्ना सेनाहरू फिर्ता गर्न मनाउन प्रयास गर्न उग्र रूपमा काम गर्छन्।

अमेरिकी सैनिकको पहिलो दल शनिबार आइपुगेको छ । 

रुसले बेलारुससँगको संयुक्त सैन्य युद्धाभ्यासको घोषणा गरेको छ । संयुक्त सैन्य अभ्यासका लागि रुसले पोल्याण्डको सिमानाबाट टाढा नभई कीभको उत्तर र ब्रेस्ट क्षेत्रमा धेरै बटालियनहरू पठाएको छ।

रुसले युक्रेनसँगको आफ्नो सीमामा ठूलो सैन्य बल जम्मा गर्न जारी राखेको अमेरिकी गुप्तचर निकायले निष्कर्ष निकालेको छ ।

दुई हप्ताअघि कुल ६० रूसी सेना बटालियन युक्रेनको उत्तर, पूर्व र दक्षिणमा विशेषगरी क्रिमियन प्रायद्वीपमा तैनाथ थिए । क्रिमियालाई रूसले सन् २०१४ मा आक्रमणपछि कब्जा गरेको थियो।

तर अमेरिकी अधिकारीहरुका अनुसार शुक्रबार त्यहाँ ८० बटालियन थिए र अरु १४ बटालियन रुसका कतैबाट पठाइएका थिए । 

अधिकारीहरुले स्पेट्सनाज भनेर चिनिने लगभग एक हजार ५०० रुसी विशेष बलका सैनिकहरू एक हप्ताअघि युक्रेनको सीमामा आइपुगेका थिए।

नौसेना जम्मा गर्दै

अधिकारीहरुका अनुुसार युक्रेनको दक्षिणी तटमा सेनाहरू अवतरण गर्न प्रयोग गर्न सकिने पाँच जल÷थल जहाजसहित कृष्ण सागरमा एक प्रमुख रुसी नौसैनिक बल पनि तैनाथ छ ।

उनीहरूले अरू छवटा त्यस्ता जहाज रूसको उत्तरमा बेरेन्ट्स सागर छोडेर बेलायत र जिब्राल्टरको स्ट्रेट हुँदै कृष्ण सागरमा जाँदै गरेको देखिएको बताए।

अन्य तैनाथीमा रूसले युक्रेन नजिकै लडाकु विमानका साथै बमवर्षक, मिसाइल ब्याट्रीहरू र एन्टि–एयरक्राफ्ट ब्याट्री राखेको छ। एजेन्सी