२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

नेकपा एमाले: पार्टी अनुशासनको ‘गम्भीर उल्लङ्घन गर्नेहरूमाथि कारबाही’ गर्ने तयारी, खनाल-नेपाल पक्ष बैठकमा सहभागी नहुने

नेकपा एमाले: पार्टी अनुशासनको ‘गम्भीर उल्लङ्घन गर्नेहरूमाथि कारबाही’ गर्ने तयारी, खनाल-नेपाल पक्ष बैठकमा सहभागी नहुने
अ अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको प्रथम पूर्ण बैठकले केही पार्टी नेताहरूलाई कारबाही गर्ने प्रतिनिधिसभाका प्रमुख सचेतक विशाल भट्टराईले बताउनु भएको छ।

पछिल्ला दिनहरूमा पार्टी अनुशासनका गम्भीर उल्लङ्घनको समीक्षा गर्दै केही उल्लङ्घनकर्ताहरूलाई कारबाही गर्ने विषय बैठकको एजेन्डामै रहेको उहाँले बीबीसीलाई जानकारी दिनुभयो।

त्यसबाहेक पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदन र महासचिवबाट पेस हुने साङ्गठनिक प्रतिवेदनबारे छलफल हुने र सम्पूर्ण केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन सहितको जिम्मेवारी बाँडफाँटबारे छलफल गरिने भट्टराईले बताउनुभयो। तर उक्त बैठकमा आफूहरू भने सहभागी नहुने झलनाथ खनाल र माधव नेपाल पक्षका तीन जना नेताले बीबीसीलाई बताउनुभएको छ ।

कारबाहीको तयारी
गत हप्ता कर्णाली प्रदेशमा मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले नेकपा एमालेका चार जना सांसदले "फ्लोर क्रस" गर्दै उनको पक्षमा मत दिएपछि विश्वासको मत प्राप्त गरेका थिए।

नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले "फ्लोर क्रस" गरेपछि शाहीको पक्षमा कुल २२ मत परेको थियो। विपक्षमा १५ मत खसेको थियो।

"कर्णाली प्रदेशमा हाम्रो पार्टीको आफ्नै बहुमत हुँदाहुँदै, आफ्नै दलको ह्विपलाई उल्लङ्घन गरेर अर्को पार्टीलाई जिताउने जुन एउटा गम्भीर संसदीय व्यवस्थामा देखिएको विसङ्गत पक्ष हाम्रो केही सांसदहरूमा देखिएको छ, संसदीय व्यवस्थाको मर्म र भावनामा चोट पर्ने गरी दलको ह्विप उल्लङ्घन जस्तो कुकर्म भएको छ त्यसो भएकाले त्यो उल्लङ्घनकर्तालाई पार्टी बैठकले गम्भीर रूपमा लिन्छ र कारबाही गर्छ," भट्टराईले भन्नुभयो।

त्यसबाहेक पनि देशैभर समानान्तर कमिटी निर्माण गर्ने, "पार्टी हित विरोधी विभिन्न शक्ति केन्द्रहरूसँग बस उठ गर्नेहरूलाई पनि पार्टीले गम्भीर रूपमा वाच गर्ने" र अर्को बैठकमा यो विषय पनि एजेन्डाका रूपमा रहने उहाँको भनाइ छ।

सबैको समान प्रकृतिको दोष नभएकाले गम्भीर प्रकृतिका उल्लङ्घनकर्ताहरूलाई कारबाही गरिने उहाँले बताउनुभयो। आजको बैठकले केही नेताहरूलाई पार्टीबाट "निष्कासन गर्ने र अन्य केहीलाई स्पष्टीकरण सोधिने" बताइएको छ।

यसअघि नै एमालेले पूर्वप्रधानमन्त्री समेत रहिसकेका नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टीले कारबाही गरिसकेको छ।

खनाल-नेपाल समूहका नेता के भन्छन्र ?
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि डाकिएको भए पनि बीबीसीले कुरा गरेको खनाल(नेपाल समूहका अधिकांश नेताहरूले आफूहरूले सहभागी नहुने बताउनु भएको छ।

नेपाल निकट भनेर चिनिएका नेता रघुजी पन्तले आफू पोखरामा रहेको बताउनु भयो। "योभन्दा अघिका बैठकहरूमा पनि नगएकाले अरू साथीहरू पनि बैठकमा जानुहुन्न होला। हुन त यस विषयमा कसैसँग सल्लाह भएको छैन। त्यही पनि २८ गते जुन उहाँहरूले आयोजक समिति बनाउनुभयो त्यो नै अवैध छ, पार्टीको विधान विपरीत छ त्यसको विरुद्धमा निर्वाचन आयोगमा मुद्दा हालेका छौँ अनि हामी कसरी जान मिल्छ," उहाँले भन्नुभयो।

नेत्री अष्टलक्ष्मी शाक्यले पनि आफू चितवन जाने क्रममा रहेको आफूहरू बैठकमा नजाने बताउनुभयो। महाधिवेशन आयोजक कमिटी बनाउँदा आफूहरूलाई जानकारी नदिइएको र उक्त कमिटी अवैधानिक रहेकाले बैठकमा नजाने उहाँले दाबी गर्नुभयो।

उनले पार्टी अध्यक्ष ओलीले माओवादीसँग पार्टी एकीकरण गराएको तर प्रधानमन्त्री बनेपछि भने एकीकरणका अन्य पक्षबारे ध्यान नदिएको आरोप लगाउनु भयो।खनाल-नेपाल समूह आइतबार एमाले पुनर्स्थापित भएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरू बदर गर्न माग गर्दै निर्वाचन आयोग पुगेको थियो। उक्त समूहले देशव्यापी रूपमा समानान्तर कमिटीहरू पनि गठन गरिरहेको छ।

अबको बाटो विभाजन हो त ?
खनाल-नेपाल समूह अनुपस्थित भएको बैठक गरी धमाधम महत्त्वपूर्ण निर्णय गर्नुको तात्पर्य पार्टी अध्यक्ष र उक्त कमिटीमा रहेका नेताहरूले पार्टी विभाजन गर्न चाहेको कुराको प्रमाण रहेको पन्तको भनाइ छ। "विधान विपरीतको निर्णय गरेर अघि बढ्नु भनेको त पार्टी विभाजनमा लाने काम हो नि," उहाँले भन्नुभयो।

नेत्री शाक्यले पनि नेताहरूको स्वार्थमा पार्टी विभाजन भएको इतिहास पटक पटक दोहोरिएको तर व्यापक जनमत रहेका बेला समेत त्यही स्थितिमा पुग्नु अत्यन्तै दुखलाग्दो कुरा रहेको बताउनुभयो। "पार्टी विभाजन त हामीले सोचेकै छैनौँ। हामीले त नेकपा एमालेलाई बलियो बनाउन चाहन्छौँ। समेट्न नसकेका शक्तिलाई हामी गोलबन्द गर्न चाहन्छौँ," उहाँले भन्नुभयो ।

ओली पक्षीय नेता भट्टराईले भने खनाल नेपाल समूहले पार्टीमा अलगै समूह खडा गर्ने र कुनै न कुनै शक्ति केन्द्रमा लगेर मिसाउने हरकत गरिराखेको आरोप लगाउनु भएको छ । "उहाँहरूसँग अहिलेसम्म त्यो कन्फिडेन्सचाहिँ देखिँदैन कि हामी छुट्टै शक्ति निर्माण गर्छौँ, पार्टी बनाउँछौ र त्यो पार्टी अस्तित्वमा रहन्छ भन्ने आत्मविश्वास देखिन्न," उहाँले भन्नुभयो।

"खालि अरूमा लगेर मिसाउने र एउटा शक्ति निर्माण गर्ने प्रयास गरिएको छ त्यसको बारे पार्टीले गम्भीरतापूर्वक ध्यान दिन्छ।" पार्टी विभाजन नभए पनि केही व्यक्तिहरू पार्टीबाट बाहिरिन सक्ने भट्टराईले बताउनु भयो। (बीबीसी नेपाली)