२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

प्रधानमन्त्री ओलीले केही खास मान्छेहरुलाई किनेर भजनमण्डली बनाए- माधवकुमार नेपाल (भिडियो सहित)

प्रधानमन्त्री ओलीले केही खास मान्छेहरुलाई किनेर भजनमण्डली बनाए- माधवकुमार नेपाल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गर्नुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली तर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताउनुभएको हो ।

यस्तै प्रधानमन्त्री बनाउन जसले भर्‍याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्‍याईदिएको पनि टिप्पणी गर्नुभयो । यस्तै प्रधानमन्त्री ओलीले केही खास मान्छेहरुलाई किनेर भजनमण्डली बनाएको पनि आरोप लाउनुभयो । आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रैदेशमा कतिपयहरु छन् नजितुन्जेलसम्म ठुलाठुला कुरा गर्छन जितेको भोलिपल्ट आफुलाई सम्राट ठान्ने गर्दछन् । जितेको भोलिपल्ट जुन भ¥याङ चढेका हुन्छन त्यो भर्‍याङ्लाई लात्तिले पुक्क फालेर हिर्काएर फाल्दिन्छन र पुक्क फालिएकाहरु सडकमा पछारिन्छन त्यसपछि उनिहरु बिजोग हुने स्थितिमा पुग्न खोज्दछन् ।

तर आँटिलाहरु फेरी उठछन, जिउमा धुलाहरु हुन्छन त्यो फेरी फालेर, जिउबाट हटाएर उ फ्रेस भएर अगाडि बढ्छ । धुलो टक्टक्याउने र हटाउने, चुनौतिको सामना गर्ने र  उज्यालो भविश्यको दिशातर्फ अगाडि बढ्ने, उज्यालो भविश्य के हो त रु राजतन्त्रमा फर्किने होइन, संविधानलाई मास्नेपनि होइन, पुरानो समाजतर्फ जाने पनि होइन, प्रतिगमनतर्फ जानेपनि होइन, अधिनायकवादी चिन्तन र विचारलाई हावी हुन दिने पनि होइन, कसैको व्यक्तिगत लहडको आधारमा चल्ने पनि होइन, व्यक्ति पूजालाई प्रोत्साहन दिनेपनि होइन । असल कुराहरु कहिँबाट हुन्छ भने अवश्य पनि त्यसलाई विना पूर्वाग्रह हामीले राम्रो भन्न सक्नुपर्छ ।

यसर्थमा राम्रो के हो नराम्रो के हो आदेश दिएर हुँदो रहेनछ । आदेश दिएर पार लाग्दैन । त्यसको निम्ति खासखास मान्छेलाई किनेर आफ्नो पक्षमा भजनमण्डली बनाएर भजनमण्डलीको माध्यमबाट प्रचार गरेर पनि हुँदैन । त्यो प्रचार होइन त्यो कुप्रचार हुन पुग्दछ र कुप्रचारको अन्त्यमा पतन हुन्छ । हार हन्छ । किन भने हिटलरले यस्तै कोसिस गरेको थियो । हिटलरको कोसिस समाप्त भयो । हिटलरसँगसँगै एउटा अध्याय समाप्त भयो ।’

नेता नेपालले संसदले राम्रो भूमिका निर्वाह गर्दैगर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई नै घाँडो ठानेको पनि बताउनुभयो । यस्तै आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस गरेको पनि आरोप लगाउनुभयो । तर नेपाली जनतामा सामना गर्ने क्षमता रहेकाले अन्त्यमा गलत प्रवृतिको हार हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संसदले राम्रो भूमिका निर्वाह गर्दैछ तर संसदमा आफ्नो समर्थन नभएपछि संसदलाई नै घाँडो ठान्ने,  पार्टी भित्र आफ्नो बहुमत नभएपछि पार्टीलाई नै घाँडो ठान्ने, घरमा आदेश पालक नभएपछि घरैलाई घाँडो ठान्ने, अनि घरै भत्काइदिने, पार्टी नै भत्काइदिने, संसदै भङ्ग गरिदिने यस्तो विध्वंसकारी प्रवृति हाम्रो नेपाली समाजमा हिजोआज देखा पर्न थालेको छ । यो विध्वंसकारी प्रवृतिले सबैलाई दुःख दिइरहेको छ ।

दुःखको मात्रा फरकफरक होला तर नेपाली जनतामा सबै चिजको सामना गर्ने आँट रहेछ, खुबी रहेछ, क्षमता रहेछ र हामी यस अर्थमा भन्छौं गलत कुराको हार हुन्छ सत्यको जित हुन्छ त्यसैले हार भयो भनेर थाक्ने पनि होइन, हार मानेर मैदान छोडने पनि होइन । दृढताका साथ अगाडि बढ्ने हो ।’

नेता नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि बताउनुभयो । अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभई गलत प्रवृतिको विरोध गरिरहेको पनि स्पष्ट पार्नुभयो । तर प्रतिगमनले फेरी सताएको पनि नेता नेपालले बताउनुभयो । विगतमा राजतन्त्रले सताएको र त्यसलाई पार लगाएपछि गणतन्त्र स्थापना भएको तरपनि प्रतिगमनले नछोडेको अनुभुति भएको पनि बताउनुभयो ।

तर अन्त्यमा सत्यकै जित हुने विश्वास आफूहरुको रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘यो प्रतिगमनले धेरै सताएको छ । धेरै सतायो, राजतन्त्र हुँदाखेरीपनि प्रतिगमनले सताएको थियो । अब त प्रतिगमनलाई पार लगाइयो भन्यौं गणतन्त्र आयो फेरी प्रतिगमनकै हातमा छ । यो प्रतिगमनको कालो बादल कहिले सम्म मडारिने हो हामी त्यसको प्रतिक्षामा छौं । अन्त्यमा फेरीपनि सत्यकै जित हुन्छ, प्रतिगमनको हार हुन्छ ।’

देशलाई आर्थिक क्षेत्रको प्रगतिमा, आर्थिक समृद्धिको दिशामा लैजान र गरिवी, अभाव, बेरोजगारी यी सबै समस्याहरुको समाधान गर्ने कुरामा सुशासनको अपेक्षा आफूहरुले गरेको पनि बताउनुभयो । यस्तै समाज परिवर्तनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि नेता नेपालले बताउनुभयो । समाजका राम्रा कुरालाई प्रोत्साहित गर्ने र नराम्रा कामलाई निरुत्साहित गर्दै सुन्दर समाज निर्माण गर्ने कुरामा लाग्न पत्रकारहरुलाई सुझाव पनि दिनुभयो । देशको विभिन्न कालखण्डमा अधिकारका निम्ति भएको राजनीतिक क्रान्तिमा पत्रकारिता जगतले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो ।