• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

विश्वकप क्रिकेटः अफगानिस्तानले इंग्ल्याण्डलाई दियो २८५ रनको लक्ष्य



एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगास्तिान र इंग्ल्याण्डबीचको खेल दिल्लीस्थित अरुण जेटली क्रिकेट मैदानमा भइरहेको छ ।

लिग चरणको खेलमा अफगानिस्तानले इंग्ल्याण्डलाई २८५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुँदै २८४ रन जोड्यो ।

उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० रनको योगदान दिए । मात्र ५७ बल खेलेका उनले ८ चौका र ४ चौका प्रहार गरे । यस्तै, इक्राम अलिखिलले पनि ६६ बलमा ५८ रनको अर्धशतकीय पारी खेले । इब्राहिम जद्रान र मुजीब उर रहमानले २८/२८ रन जोडे । यस्तै, राशिद खानले २३, अजमतुल्लाह ओमारजाईले १९, हशमतुल्लाह शाहिदीले १४ रन जोडे ।

बलिङतर्फ इंग्ल्याण्डका लागि आदिल राशिदले ३ विकेट लिँदा मार्क वुडले २ तथा जोए रुट, लियाम लिभिङ्स्टन र रिस टोपलेले १–१ सफलता हात पारे ।