१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग सुचारु हुन सकेन-फोटो फिचर एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू… किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन अमेरिकीद्वारा कुम्भकर्ण हिमाल आरोहण



कुम्भकर्ण हिमाल
अ+ अ-

ताप्लेजुङ । तीन जना अमेरिकी नागरिकले यहाँस्थित जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये तीन जनाले सफल आरोहण गरेका हुन् ।

ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट आरोहणका लागि गएका अमेरिकी आरोही एलन प्याट्रिक रुसो, माइकल ओरियन गार्डनर र ज्याक्सन मिलर मार्भलले सफल आरोहण गरेको कम्पनीका प्रबन्धक ओङ्मु शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार आरोहणका लागि गएका अन्य दुईजना भने आरोहण गर्न नसकी फर्किएका छन् । अमेरिकन नागरिकले पहिलोपटक यो हिमालको आरोहण गरेको जनाइएको छ । नेपाली समयअनुसार शनिबार बिहान ४:२० बजे तीन जनाले सफल आरोहण गरेको शेर्पाले बताउनुभयो ।

आरोहणका लागि जोखिम मानिने कुम्भकर्ण हिमालमा सफल आरोहण हुनुलाई उल्लेखनीय उपलब्धिका रूपमा लिइएको शेर्पाको भनाइ छ । यसअघि फ्रान्स र रुसका आरोहीले कुम्भकर्णको आरोहण गरेका थिए । रासस