११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित नरेफाँटबाट दुई पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषधसहित यहाँबाट दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट मनोहरा करिडोरस्थित ललितपुर जोड्ने पुल नजिक लागुऔषधसहित सर्लाही मलङ्गवा नगरपालिका–१० का २० वर्षीय अनुज मण्डल र २० वर्षीय अभिषेक शाहलाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झोलामा लागुऔषध बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ ।

पक्राउ परेकासँग लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार महानगरीय प्रहरीवृत्त बानेश्वरले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । रासस