• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

भारत– पाकिस्तान खेलपछि विराट कोहलीले बाबर आजमको इच्छा पूरा गरे, दिए विशेष उपहार



एजेन्सी । भारतीय टिमका स्टार ब्याट्सम्यान विराट कोहली र पाकिस्तानी टिमका कप्तान बाबर आजमबीच सधैं तुलना हुने गरेको छ । पाकिस्तानी फ्यानहरूले बाबरको प्रशंसा गाउँछन् भने भारतीय फ्यानहरूले कोहलीलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यान भन्छन् ।

विश्वकप २०२३ मा भारत–पाकिस्तानबीचको हाई भोल्टेज खेलमा भारतको ऐतिहासिक जितपछि विराट कोहली र बाबर आजमको एउटा भिडियो निकै ट्रेन्डिङ भइरहेको छ ।

भारतसँग ७ विकेटको हारपछि पाकिस्तानी टोलीका कप्तान बाबर आजमले मैदानको बीचमा विराट कोहलीसँग एउटा विशेष कुरा मागेका थिए, जुन दिन कोहलीले आफूलाई रोक्न सकेनन् र बाबरलाई आफ्नो हस्ताक्षर गरिएको जर्सी उपहार दिए ।

यसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा कोहली बाबर आजमलाई आफ्नो जर्सी उपहार दिइरहेका छन् । कोहलीको उदारता देखेर फ्यानहरु निकै खुसी भएका छन् ।

भारत–पाकिस्तान खेलमा रोहित शर्माको नेतृत्वमा रहेको टीम इण्डियाले यो विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । जहाँ पाकिस्तानको विश्वकप २०२३ मा पहिलो हार थियो । विश्वकपमा भारतीय टोलीले कीर्तिमानी आठौं पटक पाकिस्तानलाई पराजित गरेको हो ।