२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोजे माउरिन्हो बर्खास्त



अ+ अ-

इङलिस प्रिमियर लिगको प्रमुख क्लब टोटेनह्याम हट्सपरले कोच जोजे माउरिन्होलाई बर्खास्त गरेको छ ।
 

क्लबको कमान समालेको १७ महिनामै उनी बर्खास्तीमा परेका हुन् । निकै सफल एवं विवादास्पद छविका माउरिन्होलाई सुपर लिगका विषयमा मतभिन्नता भएपछि क्लबबाट हटाइएको अनुमान गरिएको छ ।
 

यस वर्ष टोटेनह्यामले राम्रै नतिजा निकाल्ने अनुमान गरिए पनि त्यस्तो हुन सकेको थिएन । हालै मात्र युरोपा लिगमा पनि पराजित भएको टोटेनह्याम इङलिस प्रिमियर लिगमा पनि उत्कृष्ट ४ मा पर्न असफल झैं देखिएको छ ।

टोटेनह्यामले अब कारबाओ कपको फाइनल उत्कृष्ट फर्ममा रहेको म्यान्चेष्टर सिटीसँग खेल्दैछ ।

विश्वकै उत्कृष्ट र ठूला क्लबको प्रशिक्षक रहिसकेका माउरिन्हो पछिल्ला केही वर्षदेखि त्यति सफल हुन सकेका छैनन् ।