१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौतामा पार्टीको अडान कायमै छ– नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी (केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएका पत्रका कारण एमसीसी सम्झौताका बारेमा पार्टीको दृष्टिकोण र अडान कायमै रहेको बताउनुभएको छ ।

उहाँले आज ट्विट गर्दै एमसीसी सम्झौताका बारेमा पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पङ्क्ति र सबैमा अनुरोध गर्नुभएको छ । उहाँले यथास्थितिमा एमसीसी सम्झौता स्वीकार नगरिने भन्दै पार्टी यसमा दृढ रहेको बताउनुभएको छ ।