२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल : चेन्नाईले राजस्थान राेयल्सलाई दियो १८९ रनको लक्ष्य



अ+ अ-

मुम्बईः इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार साँझ जारी खेलमा पहिले ब्याटिङ गरेको चेन्नाई सुपर किङ्सले राजस्थान रोयल्सलाई जितका लागि १८९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । चेन्नाईका लागि फाफ डु प्लेसीले सर्वाधिक ३३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानमा मोइन अलिले २६, अम्बाटी रायडूले २७, कप्तान एमएस धोनीले १८, सुरेश रैनाले १८, साम कुरानले १३, ड्वाएन ब्राभोले २० रनको योगदान दिएका थिए ।

राजस्थान रोयल्सले चेन्नाईका खेलाडीलाई नियमित अन्तरालमा आउट गरेर दबाबमा राखेका थिए । यद्यपी चेन्नाईलाई झिनो स्कोरमा भने समेट्न सकेनन् ।

राजस्थानका तर्फबाट चेतन सकरियाले ३, क्रिस मोरिसले २, मुस्ताफिजुर रहमान र राहुल तेवतियाले समान १–१ विकेट लिएका थिए ।

जारी लिगमा २–२ खेल खेलेका चेन्नाई र राजस्थानले एक जित र एक हारबाट समान २–२ अंक बनाएर क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।