२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गलबारको मौसमः मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार अपरान्ह पछि देशको  पश्चिमी  भू-भागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ । देशको उच्च  पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली,गण्डकी  तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।