२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल : चेन्नाईद्वारा राजस्थान रोयल्स ४५ रनले पराजित



अ+ अ-

मुम्बईः इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार साँझ सम्पन्न खेलमा एमएस धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्सले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ ।

चेन्नाईले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १४३ रन मात्र बनाएको थियो ।

बलिङ र फिल्डिङ दुबै राम्रो गरेको चेन्नाईले राजस्थानका कुनै पनि खेलाडीलाई खुलेर खेल्न दिएका थिएनन् । राजस्थानका प्रारम्भिक ब्याट्सम्यान जस बटलरले व्यक्तिगत ४९ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

चेन्नाईका बलर मोइन अलिले ३, साम कुरान र रविन्द्र जडेजाले समान २–२ तथा शार्दुल ठाकुर र ड्वाएनो ब्राभोले समान १–१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । चेन्नाईका लागि फाफ डु प्लेसीले सर्वाधिक ३३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानमा मोइन अलिले २६, अम्बाटी रायडूले २७, कप्तान एमएस धोनीले १८, सुरेश रैनाले १८, साम कुरानले १३, ड्वाएन ब्राभोले २० रनको योगदान दिएका थिए ।

राजस्थान रोयल्सले चेन्नाईका खेलाडीलाई नियमित अन्तरालमा आउट गरेर दबाबमा राखेका थिए । यद्यपी चेन्नाईलाई झिनो स्कोरमा भने समेट्न सकेनन् ।

राजस्थानका तर्फबाट चेतन सकरियाले ३, क्रिस मोरिसले २, मुस्ताफिजुर रहमान र राहुल तेवतियाले समान १–१ विकेट लिएका थिए ।

यो जितसँगै जारी लिगमा ३ खेलबाट चेन्नाईले ४ अंक बटुल्दै दोस्रो स्थानमा उक्लेको छ । ३ खेल खेलेको राजस्थान २ अंकका साथ छैटौं स्थानमा छ । AFP

Rajasthan Royals vs Chennai Super Kings