२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तामा शंका: दाहाल, देउवा र कोइराला बीच लिखित कबुलियतनामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाउनु भएको छ ।

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाबीच बालुवाटारमा हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको हो ।

‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा। शेखर पक्षले विद्रोह गर्दे केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडी सार्नुभएको थियो ।

कार्कीले कांग्रेसका ८ प्रदेश सांंसद र एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्री बन्नु भएको छ ।

सहमति लगत्तै चितवन पुग्नु भएका प्रधानमन्त्री दाहालले गठबन्धनमा समस्या नरहेको प्रतिक्रिया दिनु भएको छ । नेकाका तर्फबाट मुख्यमन्त्री नियुक्त हुनु भएका कार्की हामी सबैको मुख्यमन्त्री हुनुभएको छ, उहाँले भन्नुभयो । “तीन नेताबीच भएको सहमतिले गठबन्धनलाइ थप मजबूत बनाउन सहयोग गरेको छ ।”

कोशी सरकारका सम्बन्धमा जे जसरी चर्चामा थियो, अब समाधान भइसक्यो, सेफ ल्यान्डिङ भइसक्यो, प्रधानमन्त्री दाहालले भन्नुभयो ।