२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तामा शंका: दाहाल, देउवा र कोइराला बीच लिखित कबुलियतनामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाउनु भएको छ ।

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाबीच बालुवाटारमा हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको हो ।

‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा। शेखर पक्षले विद्रोह गर्दे केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडी सार्नुभएको थियो ।

कार्कीले कांग्रेसका ८ प्रदेश सांंसद र एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्री बन्नु भएको छ ।

सहमति लगत्तै चितवन पुग्नु भएका प्रधानमन्त्री दाहालले गठबन्धनमा समस्या नरहेको प्रतिक्रिया दिनु भएको छ । नेकाका तर्फबाट मुख्यमन्त्री नियुक्त हुनु भएका कार्की हामी सबैको मुख्यमन्त्री हुनुभएको छ, उहाँले भन्नुभयो । “तीन नेताबीच भएको सहमतिले गठबन्धनलाइ थप मजबूत बनाउन सहयोग गरेको छ ।”

कोशी सरकारका सम्बन्धमा जे जसरी चर्चामा थियो, अब समाधान भइसक्यो, सेफ ल्यान्डिङ भइसक्यो, प्रधानमन्त्री दाहालले भन्नुभयो ।