२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

नेपालका राजा बीरेन्द्र सम्झाउने पोआओ एसिया मञ्च

नेपालका राजा बीरेन्द्र सम्झाउने पोआओ एसिया मञ्च
अ अ+ अ-

काठमाडौं । यही अप्रिल २० तारिख (बैशाख ७ गते) मंगलबारदेखि चीनको हाइनान प्रान्तमा पोआओ (अंग्रेजी उच्चारण अनुसार बोआवो) एसिया मञ्चको वार्षिक सम्मेलन सुरु भएको छ। यतिबेला विश्व आर्थिक मञ्चमा निकै महत्वपूर्ण चौतारो मानिएको यो वार्षिक सम्मेलनमा चिनियाँ नेता र विश्वका नेताले नेपालका तत्कालीन राजा बीरेन्द्रलाई सम्झाउने गरेको छ। 

हरेक वर्ष मार्चरअप्रिल महिनामा हाइनानमा पोआओ मञ्चको वार्षिक सम्मेलन हुने गर्दछ। गत वर्ष सन् २०२० मा चाहिँ कोरोना महामारीका कारणले वार्षिक सम्मेलन स्थगित गरिएको थियो। हाइनान प्रान्त चीनको सदाबहार बसन्त छाउने स्थान हो। सदाबहार बसन्त छाउने ठाउँमा यतिबेला ढकमक्क फूलले सिँगारिएको हाइनानले आयोजना गर्ने वार्षिक मञ्चमा नेपालका तत्कालीन राजा बीरेन्द्रलाई सम्झनुपर्ने मुख्य कारण पोआओ एसिया मञ्चको संस्थापकमध्ये बीरेन्द्र पनि एकजना रहेकाले हो।

पोआओ एसिया मञ्च सन् २००१ मा स्थापना भएको हो। स्थापनाको समयमा चीन, नेपाल लगायत २५ वटा एसियाली मुलुक र अष्ट्रेलिया सहभागी थिए। सन् २००६ मा आएर मञ्चमा तीनवटा राष्ट्र थप भएका छन्। 

पोआओ मञ्च स्थापना भएको पहिलो सम्मेलनमा नेपालका लागि बीरेन्द्र विशेष अतिथिका रुपमा सहभागी थिए। सो समयमा चीनका तत्कालीन राष्ट्रपति च्याङ चमिनले भनेका थिए, "नेपालको राष्ट्र प्रमुखका रुपमा राजा बीरेन्द्र विशेष अतिथिका रुपमा उपस्थित भएर यस सम्मेलन गरेबाट मञ्चको प्रतिष्ठा अझै उचो भएको छ।" मञ्च स्थापना भएकै वर्ष बीरेन्द्रको वंशनास हुने गरी हत्या भयो तर उनको उपस्थितिले मञ्चको प्रतिष्ठा बढाएको उद्घोष गर्ने चिनियाँ नेता च्याङ चमिन अझै जीवित छन्।

चिनियाँ नेताले पोआओ एसिया मञ्चको स्थापनाकालको सम्मेलनमा बीरेन्द्रको प्रशंसा गरेकाले र यो मञ्चको वार्षिक सम्मेलन यही समयमा पर्ने भएकाले हरेक वर्ष चीनमा बीरेन्द्रको सम्झना गरिने चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन्। बीरेन्द्रपछि पनि तत्कालीन राजा ज्ञानेन्द्र मञ्चको वार्षिक सम्मेलनमा सहभागी भएका थिए। त्यसैगरी पूर्व राष्ट्रपति डा रामबरण यादव र तत्कालीन प्रधानमन्त्रीहरु पनि मञ्चमा सहभागी हुँदै आएका छन्।

त्यसो त बीरेन्द्रलाई चीनमा सम्झिने अन्य थुप्रै कारणहरु पनि छन्। बीरेन्द्रले सन् १९६६ मा युवराज हुँदा पहिलोपटक चीनको भ्रमण गरेका थिए। राजा भएपछि सन् १९७३ उनले पहिलोपटक चीनको भ्रमण गरे। उनले चीनको दसपटक भ्रमण गरे। अहिले पनि पाका चिनियाँहरु बीरेन्द्र राजालाई आदर र सम्मानका साथ सम्झने गर्दछन्। चीन भ्रमणका क्रममा बीरेन्द्रले चिनियाँ नेताहरु माओ चतुङ, तङ स्याओफिङ, चाउ एनलाई, ली स्यान न्यान, च्याङ चमिन, ली फङ, चु रोङ ची लगायतका दर्जनौँ नेताहरुसँग आपसी वार्ता गरेका थिए।

तत्कालीन राजा बीरेन्द्रलाई अन्तर्राष्ट्रिय जगतले चिन्ने अरु थुप्रै कारणहरु पनि छन्। उनी अन्तर्राष्ट्रिय सम्बन्धमा दुरगामी दृष्टिकोण राख्थे र उनका कदमले नेपाललाई मात्र होइन अन्य राष्ट्रलाई पनि हित पुग्ने गरेको छ। नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने कार्यका साथै असंलग्न आन्दोलन लगायतका कुरामा उनले लिएको नीतिलाई अन्तर्राष्ट्रिय जगतले प्रशंसा गरेको छ। बीरेन्द्रका यस्ता थुप्रै दुरगामी कदम मध्येको एउटा थियो पोआओ एसिया मञ्चको स्थापनाकालको भूमिका। अहिले आएर पोआओ एसिया मञ्च विश्व अर्थतन्त्रमा महत्वपूर्ण चौतारोका रुपमा स्थापित छ। यसलाई विश्व आर्थिक मञ्च डाभोसकै एक भागका रुपम हेर्ने गरिन्।

केही समय अगाडि रोयटर्सका बजार विश्लेषक जोन केम्पले एक लेख प्रकाशित गर्दै विश्व अर्थतन्त्रमा एसियाको भूमिकामाथि प्रकाश पारेका छन्। युरोपेली मुलुक र अमेरिकाले एसियालाई हेर्नुपर्ने पुरानो दृष्टिकोणबाट बदल्नुपर्ने कुरालाई उनले आफ्नो लेखमा औँल्याएका छन्।

विश्व अर्थतन्त्रमा एसियाले ओगटेको भाग गत शताब्दीको ९० को दशकमा ३० प्रतिशत मात्र थियो। सन् २०१९ मा आइपुग्दा त्यो वृद्धि भएर ४१ प्रतिशत पुगेको छ। त्यसैगरी विश्वमा एसियाको प्रभाव र बोल्ने अधिकार पनि ठूलो बन्दै गइरहेको उनले उल्लेख गरेका छन्। जोन केम्पले भने जस्तै विश्व अर्थतन्त्रमा एसियाको भूमिकाको साक्षीका रुपमा २० वर्षअघि स्थापित पोआओ एसिया मञ्च उभिएको छ। 

चीनको दक्षिण भागमा रहेको सुन्दर टापु हाइनानको पोआओमा स्थापना भएकाले यसको नाम पोआओ एसिया मञ्च राखिएको हो। हरेक  वर्षको अप्रिल महिनामा यसको वार्षिक सम्मेलन आयोजना हुने गरेको छ। गत वर्ष सन् २०२० मा चाहिँ कोरोना महामारीले गर्दा सम्मेलन स्थगित गरिएको थियो।

 मंगलबारदेखि सुरु भएको पोआओ मञ्चमा विश्वभरका ६० वटा मुलुक तथा क्षेत्रबाट २ हजार ६ सय अतिथिहरू सहभागी भएका छन्। पोआओ मञ्चले सार्वजनिक गरेको ‘एसियाको आर्थिक भविष्य तथा एकीकृत प्रक्रिया’ प्रतिवेदनमा सन् २०२१ मा एसियाको आर्थिक बृद्धि ६.५ प्रतिशत हुने अनुमान गरिएको छ। विश्व कोरोना महामारीबाट लुकिरहेका समयमा यस पटकको मञ्चमा विश्वका उच्च प्रतिष्ठित व्यक्तिहरु प्रत्यक्ष रुपमै उपस्थित भएकाले महामारी नियन्त्रणमा चीनले निर्वाह गरेको भूमिका र विश्व अर्थतन्त्रमा एसियाको महत्वलाई सबैले विश्वास गरेको प्रतिविम्बित भएको छ। 

 बिगत २० वर्षदेखि अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा एसियाको स्थानलाई बढाउने कार्यमा मुख्य टेवा चीनले दिइरहेको छ। चीनको द्रुत आर्थिक विकास एसियाली विकासको महत्वपूर्ण इन्जिन हो र महामारीपश्चात् चीन एसियाली पुनरूत्थानको केन्द्रमा रहेको छ। विश्व बैंकका अनुसार, चालु वर्ष पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक बृद्धि दर ७.४ प्रतिशत पुग्ने सम्भावना छ जसबाट चीनको बृद्धिदर हटाउने हो भने सो बृद्धिदर ४.४ प्रतिशतमा सीमित हुनेछ। 

तीन वर्ष अगाडि पोआओ मञ्चमा चीनका राष्ट्रपति सी चिनफिङले खुलापनलाई विस्तार गर्दै एसिया लगायत विश्वको सुन्दर भविष्यको संयुक्त सिर्जना गर्ने आवाज उठाएका थिए। चीनले गरेको उक्त प्रतिवद्धता अहिले ३ वर्षमै विश्वले अनुभूत गर्न पाएको छ।

मंगलबारदेखि सुरु भएको मञ्चमा ब्रुनाइका सुल्तान हासानाल, चिलीका राष्ट्रपति सेबास्टिन पिनेरा, इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो, काजाकिस्तानका प्रथम राष्ट्रपति नुर्सुल्तान नाजार्बायेभ, लाओसका राष्ट्रपति थोङलोउन सिसोलिथ, दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन, सिंगापुरका राष्ट्रपति हालिमाह याकोप, श्रीलंकाका राष्ट्रपति गोटाभाय राजेपाक्ष, भियतनामका राष्ट्रपति न्गुयेन स्विआन फुक, बंगलादेशका प्रधानमन्त्री शेख हासिना, कम्बोडियाका प्रधानमन्त्री हउन सेन लगायतका उच्चस्तरीय नेताहरुले भिडियोमार्फत सम्बोधन गर्दैछन्।

यसका साथै माल्टाका प्रधानमन्त्री, मंगोलियाका प्रधानमन्त्री, न्युजिल्याण्डका प्रधानमन्त्री, संयुक्त राष्ट्र संघीय ७५ औँ महासभाका अध्यक्ष भोल्कान बोज्किर र अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक क्रिस्टालिना गर्गिएभ जस्ता विश्वलाई ध्यान आकृष्ट गर्ने नेता र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरूले पनि आफ्नो मन्तव्य उक्त सम्मेलनमा राख्नेछन्।

चीनका राष्ट्रपति सी चिन फिङले भिडियोमार्फत मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। चिनियाँ राष्ट्रपति सीले वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थिति र विश्वको जोखिम चुनौतीबमोजिम एसिया र विश्वको विकास तथा समृद्धिलाई अगाडि बढाउनेबारे "चिनियाँ अवधारणा" र "चिनियाँ योजना" बारे चौतर्फी रुपमा ब्याख्या गर्ने प्रवक्ता वाङले बताए।

चिनियाँ राष्ट्रपति सी चिनफिङले विभिन्न अन्तर्राष्ट्रिय महत्वपूर्ण जमघटलाई सम्बोधन गर्दा चीनको आर्थिक कार्यक्रमको सबिस्तार व्याख्या गर्ने गरेका छन्। उनका यस्तै सम्बोधनहरुलाई समङ्कन गरेर सी चिनफिङः चीनको शासनव्यवस्थाु नामक किताबका तीन भाग प्रकाशन भइसकेका छन्।

चीनले अँगालेको सुधार तथा खुलापनसँगै चीनमा विदेशी लगानी भित्र्याउनमा सीका सम्बोधनले अन्तर्राष्ट्रिय समाजमा गहिरो प्रभाव पार्ने गर्दछ। चीनले अगाडि सारेको "बेल्ट एण्ड रोड इनिसिएटिभ" अर्थात् बीआरआईलाई पनि सी चिनफिङले यस्तै अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा व्याख्या गर्दै आएका छन्।

पोआओ एसिया मञ्च स्थापना हुनमा नेपालका तत्कालीन राजा बीरेन्द्रको सक्रिय भूमिकासँगै यसको विकासबाट नेपालले पनि यथेष्ट लाभ लिन सक्ने कुरामा दुई मत रहँदैन। किनभने एसियाको आर्थिक विकास चीनमा निर्भर छ र चीनको विकासले नेपाललाई पनि प्रत्यक्ष प्रभाव पारिहाल्छ। पोआओ एसिया मञ्चको वार्षिक सम्मेलन २०२१ को भव्य सफलताको शुभकामना।