३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदनकृष्ण श्रेष्ठपछि केकीलाई पनि कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कलाकार मदनकृष्ण श्रेष्ठलार्य सोमबार कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट केकीलाई पनि कोरोना संक्रमण देखिएको हो।

अधिकारीलाई कोरोना पुष्टि भएसँगै घिन्ताङ चलचित्रको छायाँकन पनि रोकिएको छ । पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको थियो । 

तर त्यसमा विश्वास नलागेपछि फेरी परीक्षण गर्दा पनि नतिजा पोजेटिभ आएको उनले बताएकी छन् । अधिकारी अहिले क्वारेन्टिनमा रहेकी छन् । 

श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत जानकारी गराएका थिए ।