२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षका ३२ जनालाई स्पष्टीकरण, पार्टीको नाम र चिन्हको दुरुपयोग गरी अलग पार्टीको अभ्यास गरेको आरोप



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा एमालेले नेता माधवकुमार नेपालपक्षका संघीय २७ सांसदसहित ३२ जनालाई स्पष्टीकरण माग गरेको छ ।

संघीय सांसदलाई पठाइएको स्पष्टीकरण पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको आरोप लगाउँदै  कारवाही किन नगर्ने भनी सोधिएको छ । 

यस्तै पत्रमा कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन समेत दिइएको छ ।

स्पष्टीकरण सोधिनेहरु
१. माधवकुमार नेपाल

२. भीम रावल

३. सुरेन्द्र पाण्डे

४. घनश्याम भुसाल

५. पवित्रा निरौला

६. झपट रावल

७. मेटमणि चौधरी

८. यज्ञराज सुनुवार

९. जीवनराम श्रेष्ठ

१०. झलनाथ खनाल

११. विरोध खतिवडा

१२. सोमप्रसाद पाण्डे

१३. भवानी खापुङ

१४. नारायण खतिवडा

१५. जयकुमार राई

१६. गणेश पहाडी

१७. दिपकप्रकाश भट्ट

१८. योगेशकुमार भट्टराई

१९. हिराचन्द्र केसी

२०. पुष्पाकुमारी कर्ण कायस्थ

२१. कल्याणी खड्का

२२. लक्ष्मीकुमारी चौधरी

२३. सरलाकुमारी यादव

२४. कृष्णलाल महर्जन

२५. नीरादेवी जैरु

२६. मुकुन्द नेउपाने

२७. रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदः
१. प्रकाश ज्वाला

२.नन्दसिंह बुढा

३. कुर्मराज शाही

४. अम्बरबहादुर थापा

५. देवी ओली