काठमाडौं । नेपालका उदयमान ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले विश्वकीर्तिमान राख्न सफल भएका छन् ।
उनले लगातार तेस्रो म्याचमा अर्धसतक पूरा गर्दै रेकर्ड राखेका हुन् ।
त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत जारी रहेको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा उनले यस्तो रेकर्ड राखेका हुन् ।
कुशलले ४१ बलमा आफ्नो अर्धसतक पूरा गरेका हुन् । उनले १ छक्का र ६ चौका प्रहार गरेका छन् । यसअघि उनले आफ्नो डेब्यू खेलमा नेदरल्यान्ड्सविरुद्ध र दोस्रो खेलमा मलेसियाविरुद्ध अर्धशतकीय पारी खेलेका थिए ।
अन्तर्राष्ट्रिय टी-२० मा लगातार अर्धशतकको रेकर्ड न्यूजिल्याण्डका ब्रान्डन म्याकुलम र वेस्ट इन्डिजका क्रिस गेलले बनाएका छन् । उनीहरुले लगातार ४ अर्धसतकीय पारी खेलेका थिए।











