२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय

लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय
अ अ+ अ-

काठमाडौं । सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०-७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्याङ्क पनि छ । 

चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोवारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो हिरोइन जस्तो उच्चकोटीको लागुऔषध सेवनकर्ता बढ्नुका साथै भारतबाट यसको आयात पनि बढेको प्रहरी भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पछिल्लो केही समययता जिल्लामा लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय भएर लागेको बताउनुभयो ।

चालू आवको चैत महीनासम्मको तथ्याङ्कअनुसार यहाँ प्रहरीले ४२५ ग्राम ५२० मिलिग्राम खैरोहिरोइन बरामद गरिसकेको छ । अरु लागुऔषधभन्दा आर्थिकरुपले पनि महङ्गो पर्ने खैरो हिरोइन सेवन गर्नेमा युवापुस्ता बढी संलग्न देखिएको छ ।

उहाँका अनुसार खैरोहिरोइनमा प्रहरीले केही महीनायता मात्रै १२२ लाई नियन्त्रणमा लिएर कारवाही थालेको छ । “अहिले ७४ वटा मुद्दा प्रहरीमा दर्ता भएर कानूनी कारवाहीको प्रक्रियामा छन्”, उहाँले भन्नुभयो, “खैरोहिरोइन मुद्दामा ७ जना भारतीय नागरिक पनि प्रहरी कारवाहीमा छन् ।”

प्रहरीले भारतबाट लुकिछिपी कञ्चनपुरको बेलौरी, बेल्डाँडी र पुर्नावास क्षेत्रबाट बढी आयात हुने गरेको जनाएको छ । “हामीले लागूऔषधमा कारबाही र समुदायमा सचेतना फैलाउने कार्यक्रम सँगसँगै थालेका छौँ”, उहाँले भन्नुभयो, “यो बीचमा भारतका लागुऔषध पैठारी गर्ने गिरोहका नाइके पनि पक्राउ परेका छन् ।”

केही महीनाअघि प्रहरीले बेलौरी नगरपालिकामा भारतबाट खैरोहिरोइनसहित नेपालतर्फ आइरहेका भारतीय युवकलाई गोली हानेर हत्यासमेत गरेको थियो । “गस्तीमा रहेको प्रहरीमाथि फाइरिङ गरेपछि जवाफी फायरमा भारतीय तस्करको मृत्यु भएको हो”, उहाँले भन्नुभयो, “अझै पनि सीमाक्षेत्रमा लागुऔषधको तस्करी गर्ने गिरोह पक्राउपर्ने क्रम जारी छ ।” प्रहरीका अनुसार एक ग्राम खैरोहिरोइनमा २० खुराक (डोज) हुने गर्छ ।

प्रहरीले मुद्दा चलाएका अधिकांश लागुऔषध कारोवारमा संलग्न अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“अहिले लागुऔषध नियन्त्रणका लागि प्रहरीले विद्यालयदेखि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ”, प्रवक्ता थापाले भन्नुभयो, “लागुपदार्थको लतमा महिला पनि देखिएका घटनाहरु पनि छन् ।”

उहाँले लागुऔषध मुद्दामा अभियुक्त पक्राउ पर्दा जिल्ला कारागारमा चाप बढेको बताउनुभयो । “९५ जना राख्ने क्षमता भएको कारागारमा ४१७ जना कैदीबन्दी पुगेका थिए”, उहाँले भन्नुभयो, “३९ जनालाई तुलसीपुर कारागार स्थानान्तरण गरिएको छ ।”

नेपाल–भारत सिमाना क्षेत्रमा दुवै देशका तस्करको मिलेमतोमा यहाँ खैरोहिरोइन आयात हुने गरेको प्रहरी निष्कर्ष छ । यहाँबाट आयात गरिएको लागुपदार्थ सुदूरपश्चिमका पहाडी जिल्लामा समेत निर्यात गर्ने सञ्जाल रहेको प्रहरी अनुसन्धानमा देखिएको छ । रासस