• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

देशलाई बचाउने र बनाउने भए निर्णायक आन्दोलनको तयारीमा जुटौं : कमल थापा



ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको ललितपुर जिल्ला कार्य समितीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले ०६२र०६३ को परिबर्तन पछि मुलुकमा लागू गरिएको ‘रोडम्याप’ ले मुलुकलाई गति दिन नसकिने दाबी गरे । अब राजा सहितको प्रजातन्त्र , सर्ब धर्म समभाब र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुअधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आबश्यक रहेको जिकिर गर्दै थापाले मुलुकमा कायम भ्रष्टाचार,बेतिथी,धर्म परिबर्तन र कुशासनको अन्त्यको लागि आन्दोलनमा जोड दिए ।

संगठन निर्माण सङ्गै आन्दोलनको ब्यापक तयारीमा जुट्न समेत थापाले आग्रह गरे। मुलुकमा रहेको ब्रम्हलुटको अन्त्य र प्रमुख दलका केहि प्रमुख नेताहरुको सेण्टिगेटले मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए ।

कार्यक्रममा महामन्त्री भाष्कर भद्रा, जिल्ला अध्यक्ष सुदर्शन केसि लगायत भातृ संगठनका प्रमुखहरुले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमबाट आगामी असोज २७ गते राप्रपा नेपाल ललितपुरको आयोजनामा लगनखेलमा सभा गर्ने निर्णय गरेको छ ।