• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा



काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ । दिवारात्री अन्तर्गतको खेलमा आज न्युजिल्यान्ड र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

यी दुई टोलीबीचको खेल चेन्नईको एम चिदम्बरम (चेपौक) मैदानमा नेपाली समयानुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

न्युजिल्यान्ड लगातार तेस्रो जितको खोजीमा छ । उसले पहिलो तथा उद्घाटन खेलमा इंग्ल्यान्डलाई तथा दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको थियो ।

यता, बंगलादेश भने दोस्रो जितको खोजीमा छ । उसले २ खेलमा एक जित र एक हार बेहोरेको छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बंगलादेश दोस्रो खेलमा भने इंग्ल्यान्डसँग १३७ रनले पराजित भएको थियो ।

अंकतालिकाका न्युजिल्यान्ड ४ अंकका साथ दोस्रो र बंगलादेश २ अंकका साथ छैटौं स्थानमा छन् ।