२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

केपी ओली सरकारको समर्थनका विषयमा माओवादी केन्द्र अझै अनिर्णित

केपी ओली सरकारको समर्थनका विषयमा माओवादी केन्द्र अझै अनिर्णित
अ अ+ अ-

काठमाडौंः नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि कुनै निर्णय हुन सकेन ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकमा सरकारको समर्थन गर्ने वा नगर्ने विषयमा सामान्य कुराकानी मात्र भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यद्यपी बैठक भोलि बुधबार पनि बस्नेछ । 

केपी ओली सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाए पनि नेकपा (एमाले) मा गएका कारण गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरुको सांसद पद गुमिसकेको छ । तर उनीहरुलाई प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डलमा पुनः नियुक्त गर्नु भएको छ ।

प्रधानमन्त्री केपी ओलीको विकल्पमा अर्को सरकार गठनको प्रयास गरिरहे पनि माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच अझै समझदारी बनिसकेको छैन । खासगरी जनता समाजवादी पार्टी दुई धारमा उभिएपछि माओवादी केन्द्र पर्ख र हेरको अवस्थामा पुगेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नयाँ सरकार गठन हुने बताइरहनु भएपनि कुनै निष्कर्षमा पुग्न सकेको छैन ।