२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो घट्दै सर्पदंशको उपचार लिने बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट कोरोना भाइरसविरुद्धको दोस्रो मात्राको खोप दिन शुरु



अ+ अ-

काठमाडौं । आजदेखि कोभिड-१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको छ । कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो चरणको खोप लगाउन थालिएको हो । 

दोस्रो मात्राको खोप देशभरबाट लगाउन शुरु गरिएको छ भने काठमाडौंमा १९ वटा खोप केन्द्रबाट खोप लगाइएको छ । दोस्रो मात्रा खोप बैशाख ११ गते सम्म लगाइनेछ । दोस्रो मात्रा खोप लगाएपछि मानिसहरुले खुशी व्यक्त गरेका छन् । कोरोना विरुद्धको खोपले पूर्ण रुपमा काम गर्ने र कोरोनालाई पराजित गर्ने विश्वास उनीहरुको छ ।

माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीहरुलाई दोस्रो मात्रा खोप लगाउन शुरु गरीएको हो ।