२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जासचिव घिमिरे, पूर्वराज्यमन्त्री खड्कालगायतले गरे कोशी प्रसारण लाइनको अवलोकन



अ+ अ-

काठमाडौं । उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाली काँग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री दिपक खड्कालगायतले कोशी प्रसारण लाइनको अवलोकन गरेका छन् । 

सचिव घिमिरे, पूर्व राज्यमन्त्री खड्कासहितको टोलीले आज नेपाल–भारत विद्युत प्रशारण तथा व्यापार आयोजना अन्तर्गत इनरुवा डिभिजन कार्यालय झोक्राहामा २२० केभी कोशी कोरिडोर तथा ४०० केभी प्रसारण लाइनसम्बन्धि छलफल तथा निरीक्षण गरेका हुन् । 

उक्त समूहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, पूर्व सांसद डेडराज खड्का, इपानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईँ, इपानको सल्लाहकार अर्जुन गौतम, उपाध्यक्ष मोहन डाँगीलगायतको सहभागीता रहेको थियो । 

कार्यक्रममा उर्जासचिव घिमिरे र पूर्व राज्यमन्त्री खड्काले कोशी प्रसारण लाइनको काम असारभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो । निर्माण कम्पनीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नका लागि आफूहरुले दु्रत गतीमा काम गरिरहेको सो अवसरमा बताएको थियो ।