२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पिथौरागढको पार्वती कुण्डमा पूजा गरे



अ+ अ-

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज उत्तराखण्ड भ्रमणमा छन् । प्रधानमन्त्री मोदीले पिथौरागढको पार्वती कुण्डमा पूजा गरेका छन् । त्यसपछि मोदीले गुञ्जीमा रहेको रण समाजको स्टलमा परम्परागत वस्तु र उत्पादनहरुको अवलोकन गरेका छन् ।

साथै उनले परम्परागत बाजा ढोल बजाएका थिए । उनले स्थानीयहरुसँग हात मिलाएर अभिवादन गरे । प्रधानमन्त्रीले पिथौरागढमा करिब ४,२०० करोडको धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नेछन् ।

आजै प्रधानमन्त्री मोदी भारतको आध्यात्मिक भूमि आदि कैलाश पुगेका छन् । यहाँको शिव मन्दिरमा पूजाआजा गर्दै प्रधानमन्त्रीले आदिकैलाशको भव्य दर्शन गरी देशको सुख, समृद्धि र समृद्धिको कामना गरेका थिए ।

शिव धाम आदि कैलाश पुग्दा प्रधानमन्त्री मोदीलाई न्यानो स्वागत गरिएको थियो । सो क्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी पनि उपस्थित थिए ।

निर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री मोदी आज बिहान ९ बजे पिथौरागढस्थित जिओलिङ्काङ हेलिप्याडमा हेलिकप्टरबाट अवतरण गरेका हुन् । यहाँबाट गाडीमा करिब डेढ किलोमिटरको दुरी काटेर हिमालयको चुचुरोमा रहेको पार्वती सरोवर र शिव मन्दिर पुगे । करिब २५ मिनेट भगवान शिवको पूजा र ध्यान गरे ।

त्यसपछि प्रधानमन्त्री मोदीले आदि कैलाश पर्वत र पार्वती सरोवरको पनि भ्रमण गरेका थिए । उनले आदि कैलाशलाई देखेपछि मन प्रसन्न भएको र जीवन धन्य भएको बताए । प्रधानमन्त्रीले उत्तराखण्ड भगवानको भूमि रहेको बताए ।

 




भर्खरै