११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापासँगको भेटमा लिङ्देनले भनेः युद्ध विराम गर्नुस्



अ+ अ-

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनमा पराजित भएपछि क्रुद्ध बनेका पार्टीका पूर्व अध्यक्ष कमल थापा र अध्यक्ष राजेन्द्र लिङ्देन बीच प्रत्यक्ष वार्ता भएको छ ।

राप्रपाको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराइएको र आफ्नो राजनीति नै समाप्त पार्न उद्यत रहेको आरोप लगाउँदै आउनु भएका थापासँग पार्टी अध्यक्ष लिङ्देनले बुढानिलकण्ठस्थित थापा निवासमै गएर शनिबार भेट गर्नु भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले पुष्टी गर्नुभयो ।

भेटमा अध्यक्ष लिङ्देनले पार्टी भित्रको विवादलाई साम्य पार्ने गरी “युद्ध विराम” गर्न आग्रह गर्नु भएको थियो । लिङ्देनले त्यस भेटमा “मेरो विजयको वैधानिकतालाई चुनौती दिएर किन लेटर बम (पत्र बम) पठाउनु हुन्छ ?” भनी प्रश्न गर्नु भएको पार्टी निकट अर्को स्रोतले बताएको छ ।

एक घण्टाभन्दा बढी भएको यस भेटमा पूर्व अध्यक्ष थापाले पार्टी महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप प्रति पुनः असन्तुष्टि पोख्नु भएको थियो ।

जवाफमा अध्यक्ष लिङ्देनले आफू महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने निश्चित भएपछि मात्र पूर्व राजा ज्ञानेन्द्र शाहसँग महाधिवेशनको ९ दिन अघि भेट गरेको जिकिर गर्नु भएको थियो । उहाँहरुबीच पुनः छलफल गर्ने र पार्टीभित्र सहकार्यको वातावरण तयार पार्ने सहमति पनि भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।