६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापासँगको भेटमा लिङ्देनले भनेः युद्ध विराम गर्नुस्



अ+ अ-

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनमा पराजित भएपछि क्रुद्ध बनेका पार्टीका पूर्व अध्यक्ष कमल थापा र अध्यक्ष राजेन्द्र लिङ्देन बीच प्रत्यक्ष वार्ता भएको छ ।

राप्रपाको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराइएको र आफ्नो राजनीति नै समाप्त पार्न उद्यत रहेको आरोप लगाउँदै आउनु भएका थापासँग पार्टी अध्यक्ष लिङ्देनले बुढानिलकण्ठस्थित थापा निवासमै गएर शनिबार भेट गर्नु भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले पुष्टी गर्नुभयो ।

भेटमा अध्यक्ष लिङ्देनले पार्टी भित्रको विवादलाई साम्य पार्ने गरी “युद्ध विराम” गर्न आग्रह गर्नु भएको थियो । लिङ्देनले त्यस भेटमा “मेरो विजयको वैधानिकतालाई चुनौती दिएर किन लेटर बम (पत्र बम) पठाउनु हुन्छ ?” भनी प्रश्न गर्नु भएको पार्टी निकट अर्को स्रोतले बताएको छ ।

एक घण्टाभन्दा बढी भएको यस भेटमा पूर्व अध्यक्ष थापाले पार्टी महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप प्रति पुनः असन्तुष्टि पोख्नु भएको थियो ।

जवाफमा अध्यक्ष लिङ्देनले आफू महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने निश्चित भएपछि मात्र पूर्व राजा ज्ञानेन्द्र शाहसँग महाधिवेशनको ९ दिन अघि भेट गरेको जिकिर गर्नु भएको थियो । उहाँहरुबीच पुनः छलफल गर्ने र पार्टीभित्र सहकार्यको वातावरण तयार पार्ने सहमति पनि भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।