२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो घट्दै सर्पदंशको उपचार लिने बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली पीसीआर रिपोर्ट बनाउने समूह पक्राउ



अ+ अ-

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने समूह पक्राउ परेको छ । उनिहरुलाई  महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक रहेका छन् ।  उनिहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिको स्वाबको परिक्षण नै नगरी  नक्कली पीसीआर रिपोर्ट दिने गरेका थिए ।

स्वाब परिक्षणका लागी नेपाल सरकारले तोके भन्दाअत्याधीक बढी रकम लिने गरेको तथा स्वाबको नमुना समेत नलिई  एक–दुई घण्टा भित्रमा नै नक्कली पीसीआर रिपोर्ट दिने गरेको सूचनाको आधारमा प्रहरीले ती स्थानमा छापा मारेको थियो ।  प्रहरीले छापा मार्ने क्रममान केही थान  नक्कली पीसीआर रिपोर्ट पनि फेला परेको थियो । पक्राउ पर्नेमा  सुरिया हेल्थ प्रालिका व्यवस्थापन प्रमुख खेलानन्दप्रसाद सिंह सहित आठ जना रहेका छन् ।

प्रहरीले सुरिया हेल्थ प्रालिका ल्यावमा सामग्रीहरु समेत जफत गरेको छ । यसै बीच  मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ऐजेन्टले सेवाग्राहीसँग पीसीआर परीक्षण शुल्क वापत प्रतिव्यक्ति नौ हजार रुपैँया लिने  र सुरिया हेल्थकेयर प्रालिसँगको मिलेमतोमा विना स्वाब परीक्षण नक्कली रिपोर्ट बनाइदिने गरेको बुझिएको प्रहरीले जनाएको छ ।