• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य दिएको छ । दिल्लीस्थित अरुण जेटली मैदानमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७२ रन जोडेको हो ।

अफगानिस्तानका लागि कप्तान हसमतुल्लाह शाहिदीले ८८ बलमा ८० रनको योगदान दिए । यस्तै, अजमतुल्लाह ओमारजाईले ६९ बलमा ६२ रनको योगदान दिए । रहमानुल्लाह गुरबाजले २१, इब्राहिम जद्रानले २२, रहमत शाहले १६, मोहम्मद नाबीले १९, राशिद खानले १६ रन जोड्दा मुजीब अर रहमान १० रन तथा नवीन उल हक ९ रनमा अविजित रहे ।

भारतका लागि जसप्रित बुमराहले चार विकेट लिँदा हार्दिक पाण्ड्याले दुई तथा शार्दुल ठाकुर र कुलदीप यादवले एक–एक विकेट लिए ।