२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपमा ६५ वर्षमाथि उमेर समूहको सङ्ख्या १५ वर्षमुनि उमेर समूहभन्दा बढी हुने



अ+ अ-

कोपेनहेगन । नयाँ सामाजिक, आर्थिक र स्वास्थ्य चुनौतीहरूको चेतावनी दिँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०२४ सम्ममा युरोपमा ६५ वर्षमाथि उमेर समूहको जनसङ्ख्या १५ वर्षमुनि उमेर समूहभन्दा बढी हुने बताएको छ ।

युरोप विश्वव्यापी परिवर्तनको तुलनामा दशकौँ अगाडि छ । आवर वर्ल्ड इन डाटा इन्स्टिच्युटको अनुमानअनुसार युरोप ६० वर्षपछि सन् २०६४ को हाराहारीमा रहेको अपेक्षा गरिएको छ ।

“सन् २०२४ सम्ममा डब्लुएचओ युरोपेली क्षेत्रमा ६५ वर्षभन्दा बढी उमेर भएको व्यक्तिको जनसङ्ख्या १५ वर्षभन्दा कम भएको व्यक्तिको जनसङ्ख्याभन्दा बढी हुने अनुमान गरिएको छ”, डब्लुएचओले एक विज्ञप्तिमा भनेको छ, “यो प्रवृत्तिको अर्थ नयाँ सामाजिक, आर्थिक र स्वास्थ्य चुनौतीहरू हुन् जसले बुढ्यौली उमेरको जनसङ्ख्याको प्रभावलाई कम गर्न स्वस्थ उमेरमा ध्यान केन्द्रीत गर्न माग गर्दछ ।”

डब्लुएचओ युरोपेली क्षेत्रले मध्य एसियाका थुप्रै मुलुकसहित ५३ मुलकलाई समेट्छ । युरोपभर लामो जीवनको अपेक्षा घट्दो स्वास्थ्यको पर्यायवाची हो । बुढ्यौली जनसङ्ख्याको प्रभावलाई कम गर्न डब्लुएचओले वृद्धहरूलाई उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य, स्वतन्त्रता, सामाजिक कल्याण र गुणस्तरीय जीवनको संरक्षण र सुधारमा सक्षम बनाउने उपायका लागि आह्वान गरेको छ ।