२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

कोरोनाको उच्च जोखिममा कञ्चनपुर

कोरोनाको उच्च जोखिममा कञ्चनपुर
अ अ+ अ-

कञ्चनपुर । भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हुँदै भारतबाट फर्कनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । भारतबाट फर्केकामध्ये अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखा पर्न थालेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबारमात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ । यसैगरी त्रिनगर (डोकेबजार) सीमा नाका भएर भारतबाट फर्केका ७१० मध्ये ४८९ जनाको एन्टिजेन परीक्षण गरिएकामा ६६ को परीक्षण नजिता पोजेटिभ आएको छ । कञ्चनपुरमा हालसम्म चार हजार ६४० जनाको एन्टिजेन परीक्षण गरिएकामा पोजेटिभको सङ्ख्या ३११ रहेको छ ।

एन्टिजेन परीक्षणमा सक्रिय सङ्क्रमित २२८ छन् । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आएका तीन हजार ६९४ को एन्टिजेन परीक्षण गरिएकामा १६५ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । उहाँका अनुसार महाकाली अस्पतालको आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ३० छ ।

आइसिएच आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ५४ छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ ।