१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: राहुल महरा सहित अन्य आरोपी विरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं। ईलेक्ट्रिक सिग्रेट ९भेप० मा लुकाएर सुन तस्करी गरेको अभियोगमा राहुल महरा सहित अन्य आरोपी विरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को प्रतिवेदको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

आरोपितहरु लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङलाई पनि प्रतिवादी बनाइएको छ । प्रतिवादी दाओजिनलाई आपराधिक विश्वासघात, संगठित अपराध र भन्सार ऐन विपरीतको कसुरमा मुद्दा चलाइएको छ भने अन्य तीन जनालाई भने भन्सार ऐन विपरीतको कसुर र संगठित अपराधमा मुद्दा चलाइएको छ ।

उनीहरुविरुद्ध भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी साढे ७ वर्षको कैद सजाय मागदाबी लिइएको बताइएको छ । मुद्दामा प्रतिवादी बनाइएका निमा भने फरार छन् । उक्त प्रकरणमा आठ करोडभन्दा बिगो माग दाबी भएको छ ।