९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: राहुल महरा सहित अन्य आरोपी विरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं। ईलेक्ट्रिक सिग्रेट ९भेप० मा लुकाएर सुन तस्करी गरेको अभियोगमा राहुल महरा सहित अन्य आरोपी विरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को प्रतिवेदको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

आरोपितहरु लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङलाई पनि प्रतिवादी बनाइएको छ । प्रतिवादी दाओजिनलाई आपराधिक विश्वासघात, संगठित अपराध र भन्सार ऐन विपरीतको कसुरमा मुद्दा चलाइएको छ भने अन्य तीन जनालाई भने भन्सार ऐन विपरीतको कसुर र संगठित अपराधमा मुद्दा चलाइएको छ ।

उनीहरुविरुद्ध भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी साढे ७ वर्षको कैद सजाय मागदाबी लिइएको बताइएको छ । मुद्दामा प्रतिवादी बनाइएका निमा भने फरार छन् । उक्त प्रकरणमा आठ करोडभन्दा बिगो माग दाबी भएको छ ।