१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनापुर मिनरल्सको आइपिओ बाँडफाँट



अ+ अ-

काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयलको आइपिओ आज बाँडफाँट भएको छ । एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १० लाख ३२ हजार १३२ जनाले सेयर पाएका छन् ।

१० लाख ३२ हजार १२४ जनाले १० कित्ता सेयर पाएका छन् भने ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । ८ कित्ता सेयर बढि भएपछि कम्पनीले ८ जनालाई १ कित्ताका दरले थप गरेर ११ कित्ता दिएको थियो ।

बिक्री प्रबन्धकको अनुसार उक्त आइपिओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएका थिए । जसमा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य रहेको थियो । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म उक्त आइपिओ बिक्रीमा ल्याएको थियो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाखको आईपिओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानिय बासिन्दाका लागि अंकित मूल्य १२५ रुपैयाँ र प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरूका लागि ६ लाख ८ हजार २८४ कित्ता सेयर निष्कासन गरेको थियो ।