२२ असार २०८३, सोमबार
,
Latest
सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भाषा सहायक प्रशिक्षकसँग सेवा करार सम्झौता



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरले विद्यालय स्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ जना सहायक प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ । ५१६ जना आवेदकमध्ये छनौट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकहरुसँग बैशाख ७ गते सम्झौता गरिएको हो । सम्झौतापछि प्रशिक्षकहरुलाई सामुदायिक विद्यालयमा भाषा अध्यापनका लागि खटाइएको छ ।   

पूर्व सेवाकालीन तालिम समापनको अवसरमा प्रमाण पत्र वितरण गर्दै त्यस अवसरमा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, स्थानीय पाठ््यक्रम कार्यान्वयनमा ल्याउनु महानगरका प्रमुख उपलब्धीमध्येको एक भएको उल्लेख गर्नुभयो । ‘पैसा र योजना भएर मात्र हुँदैन । सोच कार्यान्वयनमा आउन धेरै विषय मिल्नुपर्छ । त्यसमा पनि भाषा प्रशिक्षणको विधिलाई व्यवहारमा उतार्न सजिलो थिएन । सबैको प्रयासबाट यो सम्भव भएको छ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘यसबाट काठमाडौंको परिचय व्यवहारिक रुपमा प्रवर्धन हुनेछ ।’

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, भाषा प्रशिक्षणमा महिलाहरुको उल्लेख्य सहभागिताले आफूलाई खुशी तुल्याएको उल्लेख गर्नुभयो । ‘नेवार समुदायमा महिलाहरुलाई घरबाहिर निस्कन सजिलो छैन । परम्परागत र सांस्कृतिक रोकावट छन् । यी सामाजिक मान्यतालाई स्वीकार गर्दै महिलाहरु विभिन्न क्षेत्रको अगुवा बनेको देख्दा परिवर्तनको महसुस हुन्छ ।’ उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो । 

त्यस क्रममा सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, पाठ्यपुस्तक लेखन समितिका प्रमुख प्राविधिक सल्लाहकार एवं लेखक वरुणप्रसाद वैद्यलगायत वक्ताले, पाठ्यपुस्तकमा समेटिएका विषय र स्थानीय पहिचानका विषयमा धारणा राख्नुभएको थियो । पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएकाले बालबालिकालाई काठमाडौँका सामाजिक र सांस्कृतिक जीवन, मूर्त र अमूर्त सांस्कृतिक सम्पदा, ठाउँको नाम र अर्थ बुझ्न सजिलो हुने उहाँहरुको भनाइ थियो । 

नेवाः स्यनामि दबू नेपाल मण्डलको संयोजनमा महानगरको शिक्षा विभागले सहायक प्रशिक्षकलाई तालिम दिन ३० जना मुख्य प्रशिक्षक उत्पादन गरेको थियो । 
नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव एवं शिक्षा अधिकृत मोती खनालकाअनुसार संस्थागत विद्यालयका नेपाल भाषा अध्यापन गराउन ८० जनालाई प्रशिक्षण दिइसकिएको छ । सामुदायिक विद्यालयमा पाठ्यक्रम र  पाठ्यपुस्तकमा दुवै निशुल्क वितरण गरिनेछ भने संस्थागत विद्यालयलाई  पाठ्यक्रम निःशुल्क दिइनेछ भने उनीहरुले पाठ्यपुस्तक खरिद गरेर लिनुपर्नेछ । 

१ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिने छ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुनेछ । 




सम्बन्धित समाचार
भर्खरै