१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न

सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न
अ अ+ अ-

काठमाडाैँ । सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा स्थानीय सरकार र नीति निर्माण तहबीचको साझेदारीलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशस्तरीय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ ।

प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) मधेस प्रदेशद्वारा आयोजित सम्मेलनमा ‘सार्वजनिक शिक्षा रूपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी’ विषयमा छलफल गरिएको थियो । सम्मेलनमा मधेस प्रदेशका विभिन्न जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ तथा अन्य सरोकारबलाको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले विद्यार्थीको सिकाईस्तर कमजोर रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीको सिकाईको स्तरका साथै सीप विकासका लागि मानसिक र शारीरिक रुपमा मजबुत बनाउने दिशामा शिक्षक, अभिभावक, प्रधानाध्यापक तथा तथा स्थानीय तह मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै प्रिन्सिपल एशोसिएशन अफ नेपालका अध्यक्ष सुदानप्रसाद गौतमले नेपालमा शिक्षा राज्यको प्राथमिकतामा नरहेको गुनासो गर्नुभयो । नेपालमा सरकारलाई शिक्षा नियमावली बनाइदिन, विद्यालयलाई बजेट उपलब्ध गराई दिन दबाब दिनुपर्ने अवस्था रहेको बताउनु भयो । राज्य शिक्षा, स्वास्थ्य तथा पूर्वाधार जस्ता आधारभूत आवश्यकता पूर्ती गर्न जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

एशोसिएशनका मधेस अध्यक्ष सञ्जय झाको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक शिक्षाको गुणस्तर सुधार, विद्यालय नेतृत्वलाई थप प्रभावकारी बनाउने उपाय, स्थानीय सरकारसँगको सहकार्य, शिक्षा नीति कार्यान्वयनका चुनौती तथा समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो ।