२२ असार २०८३, सोमबार
,
Latest
सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासले हेर्न नभ्याउने



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासले आज हेर्न नभ्याउने भएको छ । शसस्त्र द्धन्द्धका समयमा काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै  सापकोटा विरुद्ध  सर्बोच्च अदालतमा मुद्दा  दायर भएको थियो । 

आजका पेशीका रहेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ कार्यसूचिमा रहेको थियो । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा , न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहनु भएको संवैधानिक इजलासमा सुनुवाइ हुने भनिएपनि हेर्ने नभ्याईने भएको छ ।  

पटक पटक पेशीमा पर्दै आएपनि यो मुद्दाको सुनुवाई भएको थिएन । शसस्त्र द्वन्द्वका समयमा काभ्रेका अर्जुन लामाको  अपहरणपछि हत्या गरिएको भन्दै लामाकी श्रीमति  पूर्णिमाया लामाले २०६९ मंसिर ७ सापकोटा बिरुद्द मुद्धा दायर गर्नुभएको थियो ।  सर्वोच्चमा सापकोटा विरुद्ध विभिन्न बिषयमा  पूर्णिमाया लामा, शुशिल प्याकुरेल, मन्दिरा शर्मा, कपिल श्रेष्ठ, कणकमणि दीक्षित, चरण प्रसाईं र गोपालकृष्ण शिवकोटी, दिनेश त्रिपाठीले मुद्दा दायर गरेका थिए ।




सम्बन्धित समाचार
भर्खरै