४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

बेल्ट एन्ड रोडले २० खर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ– बेइजिङ

बेल्ट एन्ड रोडले २० खर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ– बेइजिङ
अ+ अ-
चीन । चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो ।
चीनको स्टेट काउन्सिलको श्वेतपत्रमा उक्त परियोजनामा सहभागी मुलुकहरूमाथि एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना (एक्जिमबैंक) को तीन खर्ब डलरभन्दा बढी ऋण रहेको बताइएको छ । एक विज्ञका अनुसार उक्त आँकडा कम हुने बताइएको थियो तर यसले विश्वव्यापी पूर्वाधारमा भएको ठूलो ऋणलाई नजरअन्दाज गर्छ ।
चीनले यसै महिना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १०औँ वार्षिकोत्सव मनाउँदै छ । यसलाई बेइजिङले राष्ट्रपति सि जिनपिङका लागि परिभाषित भूराजनीतिक परियोजनाका सन्दर्भमा विश्वभरका परियोजनाहरूमा खर्बौँ डलर खर्च गरेको रूपमा हेरिएको छ ।
तर आलोचकहरूले चीनले न्यून आम्दानी भएका मुलुकहरूलाई विशाल र बहन गर्न नसकिने ऋण प्रस्ताव गरेर ऋणको पासोमा फसाउन खोजेको आरोप लगाएका छन् ।
बेइजिङले मङ्गलबार साझेदारहरूसँग निर्माण सम्झौताहरूमा गरिएको रकम अहिले २० खर्ब अमेरिकी डलर पुगेको बताएको छ । उक्त रकम रुस र क्यानाडाको अर्थतन्त्रको आकार हाराहारी हो ।
साथै उसले चिनियाँ निर्माण व्यवसायीहरूको लगानी वास्तविक रूपमा १३ खर्ब डलर पुगेको बताएको छ । बेइजिङले एक्जिमबैंकबाट बीआरआई परियोजनाहरू लागि ऋणको सन्तुलन कूल २२ खर्ब युआन (तीन खर्ब ७४ करोड डलर) पुगेको जनाएको छ ।
“यसले एक सय ३० भन्दा बढी सहभागी मुलुक, चार खर्ब डलर लगानी र २० खर्ब डलरभन्दा बढीको व्यापारलाई समेट्छ”, ऋणमा प्रतिमुलुक औसत दुई अर्ब ४० करोड डलर रहने उल्लेख गर्दै श्वेतपत्रमा भनिएको छ । तर श्वेतपत्रमा कुन मुलुकलाई ऋणको भार धेरै छ भन्नेबारे केही उल्लेख गरिएको छैन । साथै ऋणमा लाग्ने ब्याज दर पनि उल्लेख गरिएको छैन ।
एक विज्ञका अनुसार उक्त आँकडा ठूलो हुँदाहुँदै पनि सम्भवतः धेरै कम आकलन गरिएको थियो । “अर्को एउटा शैक्षिक अनुसन्धान पत्र पनि छ जसमा लुकाइएका ऋणका बारेमा लेखिएको छ र यसले आठ खर्ब डलरसम्म ऋण थप्न सक्छ”, एटलान्टिक ग्लोबल चाइनना हबका गरआवासीय अधिकारी निभा याउले भन्नुभयो, “हामीसँग सामान्य अवस्थामा ती परियोजना र यो आँकडा कसरी थपिए भन्नेबारेमा केही जानकारी छैन ।”रासस